फेरि भागे ठेकेदार, अरुणमाथिको पुल निर्माण अलपत्र

फेरि भागे ठेकेदार, अरुणमाथिको पुल निर्माण अलपत्र

सङ्खुवासभा : भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण अलपत्र परेको छ । काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । 

पुल निर्माण कार्यको ठेक्का २०६७ सालमा स्वच्छन्द निर्माण कम्पनीले पाएको थियो । विभिन्न कारण देखाउँदै ठेकेदार भागेपछि पाँच वर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको छ । 

वि.सं. २०७२ मा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधामात्रै उठाइएको छ । सडक विभागको बेवास्ता र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्यले पूर्णता पाउन नसकेको हो । 

पुलको जमीनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको छ । लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि त्यसभेगका ७० हजार बढी नागरिकले सास्ती खेप्नु परेको षडानन्द नगरपालिकाका सुरेश भण्डारीले बताए ।

शिलान्यास भएको आठ वर्षमा पुल निर्माण २० प्रतिशत मात्र हुनुमा सडक विभाग नै दोषी भएको उनको भनाइ छ । लम्सुवा घाटको पुल निर्माण नहुँदा जोखिम मोलेर काठको डुङ्गाबाट अरुण नदी वारपार गर्नुपरेको भोजपुरका चन्द्रबहादुर श्रेष्ठले बताए । 'पुल नहुँदा दैनिक उपभोग्य सामाग्रीमा महङ्गो शुल्क तिर्नु परेको छ', उनले भने। 

षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए । 

उनले स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काम कुनै कसर बाँकी नभएको स्पष्ट पारे । विसं २०६७ मा तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । 

पुल निर्माणको आठ वर्ष बित्दा सात पिलर मात्र ठड्याइएको छ । तीन वषभित्र निर्माण सम्पन्न गर्नेगरी स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदार कम्पनीले काम छोडेर भागेको छ । 

लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । भोजपुर र सङ्खुवासभा आवतजावत गर्ने स्थानीयवासी हिउँदको समयमा जोखिम मोलेर डुङ्गाको सहाराबाट अरुण वारपार गर्छन् भने वर्षात्को समयमा अढाइ घण्टाको बाटो घुमेर सतिघाट वा तुर्केपुलबाट वारपार गर्नुपरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.