लगातारको हिमपात र वर्षाले जनजीवन कष्टकर

लगातारको हिमपात र वर्षाले जनजीवन कष्टकर

बेनी : तीन दिनदेखिको लगातारको हिमपात र वर्षाका कारण म्याग्दी र मुस्ताङ जिल्लाको जनजीवन कष्टकर बनेको छ। 

हिमपातका कारण सडक र हवाई यातायात सेवा अवरुद्ध भएको छ। उच्च पहाडी क्षेत्रमा लगाएको गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबालीमा क्षति पुर्‍याएपछि कृषकहरु चिन्तित भएका छन्। 

मुस्ताङमा शनिबार पाँचौ पटक हिमपात भएको हो। चिसोले वृद्धवृद्धा र बालबालिकालाई समस्या भएको छ। सडक, भवन, सिचाइ र जलविद्युत आयोजनाको काम हिमपात र चिसोका कारण प्रभावित बनेको छ। 

हिमपातले म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शनिबार बिहानैदेखि अवरुद्ध भएको छ। मुस्ताङका अन्य सडक पनि अवरुद्ध छन्। जोमसोमबाट बेनी, पोखरा, काठमाडौँ जाने सवारी साधन छुटेका छैनन्। सडकमा जमेको हिउँ पग्लिन एक-दुई दिन लाग्ने बताइएको छ।

म्याग्दीका प्रजिअ लीलाधर अधिकारीले बेनीबाट जोमसोमतर्फ छुटेका सवारी साधन पनि अन्नपूर्ण गाउँपालिका ३ गुइठेमा रोकिएका बताए। प्रतिकुल मौसम र धावनमार्गमा हिउँ जमेकाले बिहीबारदेखि पोखरा–जोमसोम हवाई उडान अवरुद्ध बनेको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए।  


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.