खाना सर्किएर मृत्यु
विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका–४ हबेली टोलमा खाना सर्किएर एक जनाको मृत्यु भएको छ।
खाना सर्किएर शनिबार स्थानीय ५३ वर्षीय छायादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ९ बजे खान खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।