गोजीबाट निकालेको व्यक्ति संगठनको नेतृत्व हुँदैन : नेपाल

गोजीबाट निकालेको व्यक्ति संगठनको नेतृत्व हुँदैन : नेपाल

हेटौंडा : नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले कसैले गोजीबाट निकालेको व्यक्ति संगठनको नेतृत्व नहुने बताएका छन्। हेटौंडामा आइतबार न्युज क्लव नेपालको साक्षात्कारमा नेता नेपालले अहिलेसम्म पनि पार्टी एकिकरण तल्लो तहमा जान नसकेको भन्दै गुनासो गरे।

‘व्यक्ति व्यक्ति बीचको एकिकरण होइन, संगठन संगठनको एकिकरण हो, सिनियारिटको आधारमा नेतृत्व चयन हुनपर्छ’ नेता नेपालले भने,‘हामी सबै तहको नेतृत्व टुङ्गो लगाउने प्रक्रियामा छौं, केही समयभित्र सबै तहको नेतृत्व टुङ्गो लाग्छ, तर संगठन निर्माणको नाउँमा गोजिबाट निकालेको ब्यक्तिलाई नेतृत्व भने दिन सकिँदैन।’

फरक प्रसंगमा बोल्दै नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको बताए। ‘लामो समय सत्तामा बसेको पार्टी अहिले बाहिर हुँदा फ्रष्टेशनमा छ’ उनले भने,‘कुनै एजेण्डा बिना हाल गरिएको आन्दोलनको कुनै तुक छैन।’ 

आफ्नो नेताले भ्रष्ट्राचार गर्दा चुप बस्ने अनि अरुको सानो गल्ती खोज्दै हिडने प्रबृत्ति ठिक नभएको नेपालको भनाई छ। सरकारको कामप्रति पनि असन्तुष्टि व्यक्त गर्दैै उनले सरकारको कमजोरीको विषयमा सचिवालय स्तरमा गम्भीर छलफल हुने बताए। तीनै तहको सरकारले शुसासन, भ्रष्ट्राचार नियन्त्रण तथा विकासको कामलाई प्राथमिकता दिनुपर्ने नेता नेपालको जोड छ ।

तराईमा बिखण्डनकारी सोँचका साथ अघि बढेकाहरु असल नेपाली आमाको छोरा नभएको उनले तर्क गरे । ‘एक मधेश एक प्रदेश या मधेशलाई छुट्टै बनाउने कुरा कुनैपनि नेपालीलाई स्विकार्य हुँदैन, सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न पनि सक्दैन’, नेपालले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.