टिपरको लापरबाही उस्तै, फेरि लियो अर्को ज्यान

टिपरको लापरबाही उस्तै, फेरि लियो अर्को ज्यान

विराटनगर : मोरङको विराटनगर महानगरपालिका-२ बरगाछीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट आइतबार एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचामा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटना सेलाउन नपाउँदै विराटनगरमा टिपरकै कारण अर्को दुर्घटना भएको हो । 

पूर्वबाट बरगाछी चौकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनसार मृतक अन्दाजी ४५/५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिसकेको छैन । उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिँदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले बताए । 

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । 

मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मा गत माघ १३ गते टिपरको ठक्करबाट ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । घटनापछि आक्रोसित स्थानीय बासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए । त्यो घटना भएको दुई साता पनि वित्न नपाउँदै विराटनगरमा टिपरकै कारण अर्का व्यक्तिको मृत्यु भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.