सहकारीले उद्योगमा लगानी गर्नुपर्छ : मन्त्री अर्याल

सहकारीले उद्योगमा लगानी गर्नुपर्छ : मन्त्री अर्याल

पोखरा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारी पूँजीलाई उद्योग व्यवसाय र उत्पादनमा लगानी गर्नुपर्ने बताएकी छन् । 

आमा मिलन बहुउद्देश्यिय सहकारी बचत तथा ऋण सहकारी संस्था पोखरा-८ नागढुंगाको नवनिर्मित भवन आइतबार उद्‍घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । 

सबैलाई उत्पादनशील बनाउने गरी अगाडि बढ्न आग्रह गर्दै मन्त्री अर्यालले श्रम र श्रमिकलाई हेला गरेर समृद्धिको सपना पुरा नहुने बताइन् । 

'श्रम गर्ने मान्छेलाई सम्मान र प्रोत्साहित गर्नुपर्छ', अर्यालले भनिन्, 'अब सरकारले देशमै रोजगारीका सम्भावना सिर्जना गर्नेगरी काम गरिरहेको छ।'

मन्त्री अर्यालले रोजागरी सिर्जनाका लागि सहकारीलाई माध्यम बनाइने बताइन् । 'अब हाम्रा सहकारी उद्योग, व्यवसाय, पर्यटन, जलस्रोत लगायतका विविध क्षेत्रमा जान्छन्', उनले भनिन्, 'जहाँ-जहाँ उत्पादन हुन्छन्, त्यहाँ अब सहकारीको उपस्थिति हुन्छ । त्यसपछि मात्रै मुलुकमा रोजगार सिर्जना गर्न सकिन्छ ।'

सरकार बन्द उद्योग खुलाउने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले गण्डकी प्रदेशको गोरखकाली रबर उद्योग सरकारले निकट भविष्यमै सञ्चालन गर्ने तयारी थालेको उल्लेख गरिन् । 

बेरोजगारी समस्या अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सरकारले घोषणा गरेको भन्दै उनले रोजगारी सिर्जना गर्दै अब विदेश जाने युवालाई स्वदेशमै रोक्ने गरी योजना अगाडि बढाउने बताए । 

'हाम्रा दाजुभाइहरू दैनिक ५ हजारको संख्यामा अन्तराष्ट्रिय एअरपोर्टबाट बाइबाइ होइन, तिमी यहीँ बस तिम्रो भविष्यको ग्यारेन्टी हामी लिन्छौ, तिम्रो रोजगारीको ग्यारेन्टी लिन्छौ भन्ने विश्वास बनाउने गरी हामी जानुपर्नेछ।त्यही ढंगले अगाडि बढेका छौँ', उनले भनिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.