बेटी सम्मेलन सुरु
गाईघाट : नेपालकै पहिलो बेटी सम्मेलन उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको छ। आइतबार पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादवले सम्मेलनको उद्घाटन गरेकी छन्।
तीन दिनसम्म सुञ्चालन हुने सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य र महिला हिंसाका सवालमा महत्वपूर्ण छलफल तथा कार्ययोजना तय हुने आयोजक मुलधार महिला सेवा केन्द्रकी अध्यक्ष नजवुल खानले बताइन्।
समानता, समावेसी र मानव अधिकारका लागी ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी शसक्तिकरणको हतियार’ भन्ने मुल नारा तय गरिएको छ। सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गरी सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको छ।