मेडिकल कलेजले बढी शुल्क असुलेपछि आन्दोलित विद्यार्थी अनशनमा

मेडिकल कलेजले बढी शुल्क असुलेपछि आन्दोलित विद्यार्थी अनशनमा

पोखरा : तोकिएभन्दा बढी पैसा असुलेको भन्दै गण्डकी मेडिकल कलेजविरुद्ध विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। कक्षाकोठा र कलेज प्रशासनमा तालाबन्दी गरेका विद्यार्थीले बढी पैसा फिर्ता माग्दै आन्दोलन सुरु गरेका हुन्। 

अघिल्लो सातादेखि आन्दोलित विद्यार्थीले कास्की प्रशासनमा उजुरी गरेका थिए। प्रशासनले विद्यार्थी र कलेज व्यवस्थापन दुवै पक्षसँग वार्ता गरे पनि समस्या सुल्झिन सकेको छैन। प्रशासनसँग हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि विद्यार्थीले आइतबारदेखि गण्डकी शिक्षण अस्पतालमै रिले अनशन सुरु गरेका हुन्। यसअघि उनीहरुले १७ कक्षा कोठा र अस्पतालको बहिरंग सेवामा लगाएको ताला पनि खुलेको छैन।  

आन्दोलनको अगुवाइ गरिरहेका एक विद्यार्थी प्रवीण गौतमका अनुसार दुई सातादेखि आन्दोलन गर्दा पनि सुनुवाइ नहुँदा अनसन थाल्नुपरेको हो। ‘प्रशासनले वार्तामा बोलाउने तर सहमतिबिनै झुलाइरहेको छ’, उनले भने। गौतमले प्रशासनबाट माग पूरा गर्ने आश्वासनमात्रै आइरहेको तर काम नभएको पनि सुनाए। 

सन् २०१६ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गरिरहेका हुन्। उनीहरुले तोकिएभन्दा २ देखि ७ लाख रुपैयाँ शुल्क कलेजले उठाएको बताउँदै आएका छन्। फेल गराइदिन्छु भन्ने धम्कीकै कारण कतिपय विद्यार्थी खुल्न चाहन्नन्। भन्छन्, ‘हामी कतिलाई  बिल दिइएको छैन। बढी शुल्क नदिएकालाई परिचयपत्र धरि दिइएको छैन। जाँच आउनै लाग्दा पैसा नदिए जाँच दिन पाइन्न, फेल गर्दिन्छु भन्दै फोनमा धम्की आउँछ।’ 

परिर्वतन भाटका अनुसार कलेजले कक्षा कोठामा क्षमताभन्दा बढी विद्यार्थी कोचेर पढाउँदै आएको छ। कुनै पनि कुरा राख्दा कलेजले धम्क्याउने गरेको उनी सुनाउँछन्। ‘हाम्रो कुनै ठूलो माग छैन, सरकारले तोकेकोमात्रै फी लिनोस् भन्ने हो’, उनले भने। 

विद्यार्थी रविना मिश्रले बस सेवा नलिए पनि यातायात शुल्क तिर्नुपरेको सुनाइन्। ‘मकहाँ बस जाँदैन। तर शुल्क तिर्नुपरेको छ’, उनले भनिन्। उनले दिनहुँ धम्की आइराखेको हुनाले कलेजमै सुरक्षित नभएको सुनाइन्।

हालै कास्की जिल्ला प्रशासनमा छलफल हुँदा कलेजका प्रिन्सिपल डा. रवीन्द्र श्रेष्ठले सरकारबाट तोकेको शुल्कमा पढाउन नसकिने बताएका थिए। मेडिकल कलेजहरुको शुल्क त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेको छ। 

संस्थानको डीनको कार्यालयले २०७२ असोज १ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार चिकित्साशास्त्र शिक्षा पढाउने कलेजको फी निर्धारण भएको जनाएको छ। 
उसले उपत्यकाबाहिरका कलेजलाई ३८ लाख ५० हजार रुपैयाँ फी तोकेको छ। उक्त शुल्क पनि भर्ना हुने बेला ५० प्रतिशतमात्रै बुझाए हुने डीनको कार्यालयले जनाएको छ। 

दोस्रो किस्ता स्वरुप २५ प्रतिशत तेस्रो वर्षमा र तेस्रो किस्ता २५ प्रतिशत चौथों वर्षमा बुझाउनुपर्ने नियम संस्थानले बनाएको छ। तर गण्डकी मेडिकल कलेजका विद्यार्थीले त्यसभन्दा बढी फी तिर्नुपरेको भन्दै आन्दोलन गरेका हुन्। कलेजले भने पुरानो मितिमा तोकिएको फीअनुसार पढाउन नसकिने बताएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.