विवाद मत्थर पार्दै सरकार

विवाद मत्थर पार्दै सरकार

काठमाडौं : सरकार र अमेरिकी दूतावास दुवैले भेनेजुएलाबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यपछि चर्केको विवाद नतन्क्याउने भएका छन्। भेनेजुएला प्रकरण निकै चर्किएपछि विवाद मत्थर पार्न सरकारले अग्रसरता लिएको हो।

परराष्ट्रका अधिकारीले राजनीतिक दलका शीर्ष नेताहरूसँग यस्ता विषय तन्काइरहँदा कूटनीतिक सन्देश नराम्रो जाने मात्र होइन वाह्य शक्तिले फाइदा उठाउन सक्नेसमेत सुझाव दिएका थिए। त्यसपछि सरकार विवाद मत्थर पार्न लागि परेको हो। एउटा घटनालाई लिएर लगातार अनेकौं विषय उठाउँदा अन्य देश (आ–आफ्ना मित्र राष्ट्र) सँगको सम्बन्ध पनि असहज बन्न सक्ने ब्रिफिङ परराष्ट्रका अधिकारीले गरेपछि शीर्ष नेताहरू आंशिक सहमत भएका हुन्।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासम्म यो सन्देश पु¥याइए पनि यसबारे गम्भीर छलफल नभएको देउवानिकट एक सांसदले सुनाए। यही विषयमा अमेरिकी राजदूत ¥यान्डी बेरीले राजनीतिक दलका नेताहरूलाई भेटिरहेका छन्। समस्या समाधान गर्न भन्दै उनले भेटघाट गरिरहेका हुन्। प्रधानमन्त्री केपी ओलीसँग भेटेको ३ दिनपछि उनले पूर्वप्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष दाहाललाई शनिबार खुमलटार पुगेर भेटेका छन्। दाहालको वक्तव्यपछि अमेरिका चिढिएको थियो भने सरकारले पनि उनको भनाइलाई बल पुग्ने विज्ञप्ति जारी गरेको थियो।

अमेरिकाले त्यसलाई ‘राम्रो सम्पादन’ सहितको विज्ञप्ति भनेको थियो। सरकारको विज्ञप्तिलाई दाहालकै वक्तव्यको सम्पादित अंश भनेपछि नेकपा सचिवालयले फेरि दाहाल र सरकारको विज्ञप्ति आधिकारिक भन्दै अमेरिकालाई अझै चिढ्याएको थियो। नयाँ राजदूत बेरीले नेपाल–अमेरिका सम्बन्ध उचाइमा लैजान १७ वर्षपछि राजनीतिक तहमा सम्बन्ध नवीकरण गराएका थिए। एकाएक चर्किएको वक्तव्य प्रकरणले सम्बन्ध चिसिएपछि राजदूत चिढिएका थिए।

 विवाद नतन्काउन अमेरिकी राजदूत बेरी राजनीतिक दलहरूका शीर्ष नेतासँग भेटघाटमा।

राजदूत बेरीले दाहालसँगको भेटमा उनको र सरकारको वक्तव्यमा असन्तुष्टि जनाउँदै भेनेजुएलाको यथार्थ वर्णन गरिदिएको अधिकारीहरूले बताए। भेटमा उनले असन्तुष्टि जनाए पनि अझै नतन्काउन सुझाउँदै अमेरिका जान दाहाललाई कुनै रोकटोक नभएको सन्देशसमेत दिएको दाहालनिकटस्थले बताए। दाहाल पत्नीको उपचारका लागि अमेरिका जाने तयारीमा रहेको तर यही वक्तव्यपछि नजाने आशंका सञ्चारमाध्यममा आएका थिए। राजदूत बेरीले लोकतान्त्रिक मुलुक भएकाले अमेरिका त्यस्ता विषयमा उदार रहेको स्पष्ट पारेका छन्। अमेरिकाले नेपाललाई पुरानो मित्रको हैसियतमा सहयोगसमेत गरिरहेको भन्दै बेरीले यस्ता विषयले ढुंगा लगाए पनि सम्बन्ध यथावत् रहने बताए। उनले लिखित धारणा राख्दा सचेत भइदिन आग्रहसमेत गरेको स्रोतले बतायो।

‘यो विषय तन्काइरहन नहुने पक्षमा हामी छौं। यो विषय यति आयो कि सबै स्पष्ट भैसके। यही कारणले नेपाल–अमेरिका सम्वन्धमा कुनै आँच आउँदैन’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अमेरिकी राजदूत बेरीले अध्यक्षसँगको भेटमा पनि हामीले नेपालसँगको सम्बन्धलाई पूर्ववत् नै हेरेका छौं। मिडियामा आएजस्तो विवाद नेकपाभित्र छैन।’ नेपाली मिलनसार र सबल रहेको भन्दै यस्ता विषयमा नेपालीको फरक धारणा रहनै नसक्ने सुनाएको पनि अधिकारीहरूले जानकारी दिए।

नेपाल र अमेरिकाबीच भेनेजुएलाको विषयमा मतभेद उत्पन्न भएपछि कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न निकै पहल गर्नु परेको सुनाएका थिए। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले पनि यस विषयमा प्रधानमन्त्री–राजदूत छलफलपछि टुंगिसकेको बताए। उनले भने, ‘राजदूतले भेट्ने र आफ्ना कुरा राख्ने नियमित प्रक्रिया हो। यसलाई हामीले पनि धेरै तन्काउन हुँदैन।’ बाहिर आएजस्तो अकेरिकासँग सम्बन्ध नै बिगे्रको अवस्था नरहेको पनि उनले बताए। राजदूत बेरीले पनि यो विषय धेरै नलम्ब्याउन र सामान्यीकरण गर्न भन्दै राजनीतिक दलका नेतासँग पनि भेटघाट गर्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.