वारीबेनी बजार संरक्षणका लागि नदी नियन्त्रण आयोजना सुरु

वारीबेनी बजार संरक्षणका लागि नदी नियन्त्रण आयोजना सुरु

बेनी : म्याग्दीको सदरमुकाम बेनी र पर्वतको जलजला गाउँपालिका ३ मा पर्ने वारीबेनी बजार संरक्षणका लागि पाँच करोड रुपैयाँ लागतको नदी नियन्त्रण आयोजना सुरु भएको छ। एक हजार घरधुरीको बसोबास रहेको बेनी बजार नदी कटानका हिसावले देशकै जोखिमयुक्त सदरमुकाम मानिन्छ।  

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले उपभोक्ता समिति मार्फत कटान नियन्त्रणका लागि किनारमा ग्यावियन पर्खाल निर्माण र कालीगण्डकीलाई डाइभर्सन गराउने काम सुरु गरेको हो।  

म्याग्दीको बेनी बजारमा चार, पर्वतको जलजला गाउँपालिकाको बगरफाँट र वारीबेनी नदी नियन्त्रण योजनाका लागि दुई प्याकेजमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन गरिएको परियोजनाका इञ्जिनियर कृष्णबहादुर विश्वकर्माले बताए।  

पहिलो चरणमा पर्वत बेनी र म्याग्दी बेनीको बीचबाट कालिगण्डकीलाई बग्ने बनाउन एक्साभेटर परिचालन गरेर खोलालाई डाइभर्सन गराउन सुरु गरेका छन्।  

जलजला गाउँपालिका र बेनी नगरपालिकाको समन्वयमा दुवै तर्फका बस्तीलाई क्षति नपुग्ने गरेर खोलालाई डाइभर्सन गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष सागर बरुवालले बताए। 

गत भदौ २७ गतेको बाढीले कालीगण्डकी किनारमा निर्माणाधीन २५० मिटर पक्की पर्खाल भत्काएपछि नदीको भँगालो बजारतर्फ भएर बगेको छ। 

म्याग्दीतर्फ कालीगण्डकी किनारमा ७६० थान ग्यावियन पर्खाल लगाइने भएको छ। बेनी बजार संरक्षणका लागि चालू आर्थिक वर्षमा तीन करोड पचास लाख रुपैयाँ विनियोजन भएको छ। 
गत आर्थिक वर्षमा एघार करोड बत्तिस लाख रुपैयाँमा दुई वटा प्याकेजमा ठेक्का सम्झौता भएको बजार संरक्षण योजनाको पहिलो प्याकेजको काम सकिएको थियो। दोस्रो प्योकज अन्र्तगतको कालीगण्डकीमा निर्माणाधीन पर्खाल बाढीका कारण भत्किएको थियो। 

यसैगरी जलजला गाउँपालिकाको बगरफाँट र पर्वत बेनी बजार संरक्षण योजनाको काम पनि सुरु भएको छ। जलजला गाउँपालिका क्षेत्रमा कालिगण्डकी नदी नियन्त्रण योजनाका लागि यस वर्ष एक करोड पचास लाख रुपैयाँ विनियोजन भएको छ। दुई वटा उपभोक्ता समिति मार्फत बगरफाँट र पर्वत बेनीमा नदी किनारमा ग्यावियन पर्खाल निर्माण सुरु गरिएको आयोजनाका इजिनियर मोहनराज आचार्यले बताए। बगरफाँटमा १३५ मिटर र पर्वतबेनीमा १२० मिटर कालीगण्डकी किनारमा ग्यावीयन पर्खाल निर्माण गर्ने लक्ष्य छ। 
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.