समन्वय गर्न तीनै तहका सरकारलाई उपसभामुखकाे आग्रह

समन्वय गर्न तीनै तहका सरकारलाई उपसभामुखकाे आग्रह

दमक : प्रतिनिधीसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सरकारका तीनै तहले एकआपसमा समन्वयकारी भुमिका खेल्नुपर्ने बताएकी छन् ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच अधिकार र कार्यक्षेत्रलाई लिएर विवाद देखिरहेको बेला उनले यस्तो बताएकी हुन् ।

आइतबार उर्लाबारी नगरपालिकाको स्थानीय राजपत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन तहका सरकारबीच सहकार्य नहुँदा यसको असर प्रत्यक्ष रुपमा विकास निर्माणमा पर्ने बताइन् ।

उर्लाबारी नगरपालिकाको राजपत्रले जनतालाई अधिकारसम्पन्न बनाउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । कार्यक्रममा नगरका प्रमुख खड्ग फागोले स्थानीय तहका समस्याका बारेमा उपसभामुखको ध्यानाकर्षण गराएका थिए । उर्लाबारी नगरपालिकाले सार्वजनिक गरेको राजपत्रमा ७ वटा ऐन, ५ नियमावली, २ निर्देशिका, १ आचारसंहिता र १४ वटा कार्यबिधि छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.