बेसहारा बालिका बलात्कार आरोपमा पक्राउ

बेसहारा बालिका बलात्कार आरोपमा पक्राउ

विराटनगर : बेसहारा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। मोरङको लेटाङ नगरपालिका ५ खेरुवाका ४१ वर्षीय राजन कार्कीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

कार्कीमाथि एक महिलाले संरक्षण दिएर राखेकी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। प्रहरीका अनुसार भोजपुर घर भएकी बालिका दुई महिना अघि चिनजानका आधारमा एक महिलाको साथ लागेर लेटाङ गएकी थिइन्।

सानैबाट अभिभावकको साथ नपाएपछि तिनै महिलाको सहयोगमा लेटाङ पुगेकी बालिकाले त्यहीं पसल सञ्चालन गर्दै आएकी थिइन्। प्रहरीका अनुसार ९ वर्षको हुँदा बुवा-आमाले नै दोस्रो विवाह गरेपछि बेसहारा उनले लामो समयसम्म सुनसरीको इटहरीस्थित होटेलमा भाँडा माझ्ने काम गर्दै आएकी थिइन्।

त्यही क्रममा लेटाङकी महिलासँग उनको चिनजान भएको र त्यसपछि संरक्षण दिने भन्दै महिलाले लिएर गएको प्रहरीले जनाएको छ। महिलाकै सहयोगमा पसल सञ्चालन गरेर बसेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

संरक्षण दिने महिला कामविशेषले झापाको दमक गएपछि घरमा कोही पनि नभएको अवस्थामा कार्कीले माघ २५ गते राति बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

महिला दमकबाट फर्किएपछि बालिकाले घटना सुनाएकी थिइन्। ती महिलाले दिएको उजुरीका आधारमा बलात्कारमा संलग्न कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बालिका बलात्कारमा संलग्न रहेका कार्की विरुद्ध सोमबार जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.