लागुऔषधसहित पाँचजना पक्राउ

लागुऔषधसहित पाँचजना पक्राउ

विराटनगर : मोरङका अलगअलग स्थानबाट प्रहरीले लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट ठूलो परिणाममा लागुऔषध पनि बरामद भएको छ। विराटनगर महानगरपालिका-१० सन्सारी माईस्थानबाट आइतबार राति लगभग ८:३० बजे प्रहरीले तीन हजार ट्याब्लेट नाईट्राजेपाम (नाईट्रोभेट) सहित दुईजनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले एकै पटकमा बरामद भएको लागुऔषधको परिणाम मोरङमा यो वर्षकै उच्च भएको जानकारी दिए। उनका अनुसार लागुऔषधको कारोवार गर्ने गिरोहमा संलग्न सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ का २७ वर्षीय विशुनप्रताप साह र सिन्धुलीको मरिण गाउँपालिका-४ का २४ वर्षीय सुरेश माझी पनि पक्राउ परेका छन्।

भारतको जोगवनीमा पुगेर उनीहरुले नै लागुऔषध खरिद गरेर सीमा कटाउँदै नेपालतर्फ ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जोगवनीबाट ल्याएर काठमाडौं, पोखरा लगायतका स्थानमा लागुऔषध पठाउने तयारी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

यता विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका-२ का पुष्पबहादुर खड्कालाई १८ एम्पुल लुपिजेसिक, १८ एम्पुल डाईजेल्याब, ६ एम्पुल एभिल र १८ एम्पुल फेनारगनसहित पक्राउ गरिएको हो। खड्कासँगै रहेका लागीगुराँस-२ कै २६ वर्षीय रामबहादुर गुरुङलाई लागुऔषध स्पास्मोप्रोक्सिभन ट्याब्लेट २० चक्कीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा उनीहरु पक्राउ परेको जानकारी प्रहरीले दिएको छ। त्यस्तै मोरङको सुनवर्षी नगरपालिका-१ गिरदलियाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित सोही स्थानका ५५ वर्षीय रेसुवा मियाँलाई पक्राउ गरेको हो। 

मियाँको घरमा खानतलासी गर्ने क्रममा ग्वाली घरमा लुकाई छिपाई राखेको स्कुफ नामक लागुऔषध आठ बोतल र स्पास्मोप्रोक्सिभन ट्याब्लेट ८० वटा बरामद भएको प्रहरीले जनाएको छ। लागुऔषधसहित पक्राउ परेका पाँचैजनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट सोमबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी श्रेष्ठले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.