हात्ती आक्रमणका पीडितलाई १० लाख राहत

हात्ती आक्रमणका पीडितलाई १० लाख राहत

गाईघाट : जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका उदयपुर बेलका नगरपालिका–३ का रामकुमार सार्कीको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद आचार्यले मृतकका वुवा डम्बरबहादुरलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

राहत रकम लिन कार्यालय आईपुगेका डम्बरबहादुरलाई प्रमुख आचार्यले सञ्चारकर्मीको रोहवरमा चेक हस्तान्तरण गरे । गत साउन ३० गते घरमा बसिरहेका बेला कोशीटप्पुबाट निस्किएको जंगली हात्तीले ४१ वर्षीय सार्कीलाई कुल्चिँदा ज्यान गएको थियो ।

हात्तीको आक्रमणबाट ज्यान गुमाएको पुष्टि भएपछि कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोश्रो संसोधन २०७४ को दफा ५ (क) (ई) वमोजिम राहत उपलब्ध गराउनका लागि तत्कालिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस गरेको कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए ।

जंगली हात्तीको आक्रमणबाट पछिल्लो एक वर्षमै तीनजनाले ज्यान गुमाएका छन् । हात्तीको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका–३ शुक्रबारेका ५७ वर्षीय बुद्धीमान मगर र त्रियुगा नगरपालिका–१२ का ७८ वर्षीया सावित्रा राईको पनि आवश्यक मुचुल्का तयार पारी राहतका लागि सिफारिस गरिएको साहले बताए ।

मगरलाई गत मंसिर २६ गते र राईलाई पुस १५ गते जंगली हात्तीले आक्रमण गरेको थियो । आरक्षबाट निस्किएका जंगली हात्तीले वर्षेनी आधा दर्जनको संख्यामा सर्वसाधरणलाई आक्रमण गर्ने गरेको छ भने स्थानीयले लगाएको अन्नवाली समेत नष्ट गर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.