बस र बिजुलीको पोलमा च्यापिएर सहचालकको मृत्यु
गाईघाट : उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा सोमबार बिहान मोटरसाइकलाई साडई दिने क्रममा बिजुलीको पोल र बसको बीचमा च्यापिएर सहचालकको ज्यान गएको छ।
उदयपुरको नेपालटारबाट कटारीतर्फ जाँदै गरेको ना ५ ख ३८८४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिँदा पोलमा च्यापिएर उदयपुरगढी गाउँपालिका ३ का २१ वर्षीय रोशन कार्की गम्भीर घाइते भएका थिए।
घाइते भएका कार्र्कीलाई उपचारको लागि कटारीअस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए। बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।