इटहरीमा महिलाको हत्या

इटहरीमा महिलाको हत्या

इटहरी : इटहरी ४ मा सोल्टी नाता पर्ने व्यक्तिले एक महिलाको हत्या गरेका छन्। महिलाको छातीमा छुरा रोपेर हत्या भएको हो। 

डेरा गरी बस्ने सोनिया राईको हत्या सोही घरमा डेरा गरी बस्ने लालबहादुर राईले गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। 

दुवै जना लामो समयदेखि सँगै बस्दै आएका थिए। दुई सन्तानकी आमा सोनियाका श्रीमान सुर्यबहादुर दर्जी रोजगारीका लागि साउदी अरेबियामा छन्। दुवैबीच खटपट रहेको र श्रीमान दर्जी दुई महिनादेखि सम्पर्कमा नभएको उनका आफन्तले जानकारी दिएको प्रहरीले जनाएको छ। 

सोमबार साँझ हत्या गरेर भाग्दै गरेको अवस्थामा राई पक्राउ परेका हुन्। उनले हत्या अभियोग स्वीकार गरेको प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए। 

मृतक राईका १३ वर्षकी छोरी र ९ वर्षका छोरा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.