बलात्कार आरोप लागेका फरार वडाध्यक्ष कारागार चलान

बलात्कार आरोप लागेका फरार वडाध्यक्ष कारागार चलान

दमौली : गत वैशाखमा एक स्थानीय महिलालाई बलात्कार गरेको आरोप लागेका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष झकबहादुर कुमाल कारागार चलान भएका छन्। घटना घटेको ९ महिनापछि नवलपुर बर्दघाट सुस्तापूर्वको प्रहरीसमक्ष आत्मसमर्पण गरेका कुमाल पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

प्रहरीले जर्बजस्ती करणी मुद्दा दर्ताका लागि अदालत पेश गरेकामा न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले कुमाललाई कारागार चलानको आदेश दिएको थियो।

उनीमाथि स्थानीय एक महिलामाथि नवलपरासीको डेढगाउँबाट फर्किने क्रममा बलात्कार गरेको अभियोग छ। उनीविरुद्ध नवलपरासी वर्दघाट सुस्तापूर्वको प्रहरीमा उजुरी परेको थियो।

पक्राउका लागि नलवपरासी प्रहरीले पत्राचार गरे पनि तनहुँ प्रहरीले पक्रन सकेको थिएन। कुमाल नियमित घर आउने र रातको बास बस्ने गरे पनि उनलाई पक्रन तदारुकता नदेखाइएकाले आफू असुरक्षित भएको पीडितको परिवारले बताएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.