नेपाल पुलिस बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा

नेपाल पुलिस बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान : नेपाल पुलिस क्लब धरानमा जारी २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा सोमबार भएको खेलमा सडन डेथमा सहारा क्लब पोखरालाई ५–४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

३३औं मिनेटमा पुलिसका नीरकुमार राईले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। उनले डीबक्स नजिकबाट रवि पासवानले दिएको पासमा गोल गरेका थिए।

पहिलो हाफमा कमजोर खेल प्रदर्शन गरेको पोखरा दोस्रो हाफमा आक्रामक देखिएको थियो। पुलिसविरुद्ध सातवटा गोल गर्ने अवसर गुमाएको पोखरा ८४औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्कियो। पोखराका विश्व अधिकारीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। पुलिसका अजित भण्डारीले डीबक्समा ह्यान्ड गरेपछि पोखराले पेनाल्टी पाएको थियो।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइबे्रकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइयो। सडन डेथमा पोखराविरुद्ध नतिजा निकाल्न सक्दा पुलिसको भाग्य चम्कियो।

टाइबे्रकरमा पुलिसका अजित भण्डारी, देवेन्द्र तामाङ, सुमन सुवेदीले गोल गरे। तेज तामाङ र हरि कठायतको पेनाल्टीलाई पोखराका गोलरक्षक लक्कीकुमार कार्कीले विफल तुल्याए। पोखराका विश्व अधिकारी, विनोद गुरुङ र जनककुलदीप कार्कीले टाइब्रेकरमा गोल गरे। गोभन थापाको पेनाल्टी पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारे। रमेश मगरको पेनाल्टी प्रहार बायाँ बार हुँदै बाहिरियो।

सडन डेथमा कप्तान भरत साहले पेनाल्टीमार्फत गोल गर्दै पुलिसलाई विजयी गराए। अञ्जन देवकोटाको प्रहार पोस्ट माथिबाट बाहिरिएपछि पोखरा प्रतियोगिताबाट बिदा भयो।

टाइब्रेकरका बेला पुलिसले चौधरीका ठाउँमा गोलरक्षकका रूपमा खड्कालाई मैदान लगेको थियो। खेलको म्यान अफ दी म्याचको पुलिसका नीरकुमार राई घोषित भए। उनले १५ हजार रुपैयाँ पुरस्कार पाए।

यसैगरी संकट क्लब मेची नेत्रालय झापालाई हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ। सडन डेथसम्म पुग्दा खेलको विजेता चुन्न नसकिएपछि आइतबार समय अभावका कारण दुई टोलीबीचको खेल टुंगिन सकेन। सोमबार बिहान खेलको निर्णय लिने क्रममा सडन डेथमा झापालाई २–१ गोलअन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा पुगेको हो। प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। मंगलबारको आयोजक धरान फुटबल क्लब र भारतको दलहाउजी एथलेटिक्स क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.