एक महिनादेखि डोल्पामा फ्याक्स सेवा बन्द

एक महिनादेखि  डोल्पामा फ्याक्स सेवा बन्द

दुनै,डोल्पा : हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा महिना दिनदेखि फ्याक्स सेवा बन्द भएको छ। फ्याक्स सेवा बन्द हुँदा सरकारी कार्यालयको काम प्रभावित भएको छ। संघीय तथा तालुक कार्यालयबाट जरुरी कागजात र सूचना फ्याक्सबाटै आउने हुँदा महिना दिनदेखि फ्याक्सबाट हुने काम रोकिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। 

सरकारी कामकाजका अधिकांश पत्रहरु फ्याक्सबाटै आउने हुँदा फ्याक्सको अभावमा कार्यालयको काम प्रभावित भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले बताइन्। उनले बारम्बार जिल्लाको दूरसञ्चार कार्यालयमा मर्मतका लागि ताकेता गरेपनि काम हुन नसकेको बताइन्।

जिल्लाका एक दर्जन सरकारी कार्यालयमा हाल फ्याक्सबाटै पत्र आदानप्रदान हुने गर्छन्। दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराइले जिल्लाबाट केही गर्न नसकिने र क्षेत्रीय कार्यालयका प्राविधिकले मर्मत गर्ने भएकाले काममा ढिलाइ भएको जानकारी दिए।

 
रेडियो लिंकमा आएको समस्या र सिस्टममा फेरबदल भएका कारण फ्याक्स सेवा प्रभावित भएको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले जानकारी दिए। केही दिनमा फ्याक्स सेवा संचालनमा आउने उनले बताए।उनले डोल्पालाई नयाँ रुट प्रयोग गरेर नेपाल टेलिकमको सेवा प्रदान गर्ने तयारीमा रहेको समेत जानकारी दिए।

दसैं पछि नेपाल टेलिकमका सबै सेवा प्रभावकारी नहुँदा ग्राहकले सास्ती भोग्नु परिरहेको छ। पछिल्लो दुई सातामा दुई दर्जनभन्दा धेरै पटक डोल्पा सञ्चार विच्छेद भएको छ।इन्टरनेट र फोन सेवा प्रभावकारी बनाउन स्थानीयको माग छ।

    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.