फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका

फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका

फिक्‍कल : इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरिद गर्न थालेको छ। वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरिद गर्न थालेको नगरपालिकाले जनाएको छ। गत माघ १ गतेबाट प्रतिकिलो १५ का दरले प्लाष्टिकजन्य फोहर खरिद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए।

प्लाष्टिक खरिद गर्न माघ एक गतेबाट सुरु गरिएको भएपनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ। फोहर प्लाष्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ। इलाम नगरपालिकाले २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ।

पोलिथिन झोला भने नगरपालिकाले किन्दैन। खानेपानीको बोतल, खाद्य बस्तुको प्याकेजीङमा भएको प्लाष्टिकलगायतका प्याष्टिकजन्य फोहर खरिद गर्ने भएको हो। इलाम नगरपालिकामा दैनिक सात टन फोहर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ। तीमध्ये करीब १० प्रतिशत प्लाष्टिजन्य फोहर हुने गरेको नगर प्रमुख बस्नेतको भनाइ छ।

नगरपालिकाले खरिद गरेको फोहर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्‍की गर्नमा प्रयोग गरिने अलकत्र बनाउने योजना नगरपालिकाको छ। सिसाजन्य फोहरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ। हाल नगरपालिकाले महिनाको दुई दिनमात्रै सिसाजन्य फोहर सङ्कलन गर्ने गरेको छ।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.