६ सय ६२ सहसचिव समायोजनको सूची सार्वजनिक (सूचीसहित)

६ सय ६२ सहसचिव समायोजनको सूची सार्वजनिक  (सूचीसहित)

काठमाडौं : सरकारले ६ सय ६२ सहसचिवको समायोजनको सूची सार्वजनिक गरेको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले संघमा समायोजन भएका ५६० र प्रदेशमा समायोजन भएका १०२ जना सह–सचिवको सूची सार्वजनिक गरेको हो।  

सहसचिवसहित नै ५६ सचिव, ४ उपसचिव र २८८९ शाखा अधिकृतको समयोजन भइरहेको छ।  समायोजन गरिएका सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनको पत्र तयार भइरहेको छ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो। 

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ। सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.