रारा पुुग्‍ने पर्यटकलाई ‘भिलेज टुर’

रारा पुुग्‍ने पर्यटकलाई ‘भिलेज टुर’

मुगु : रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि टुर प्याकेज तय भएको छ। फागुनदेखि रारा घुम्ने मौसम सुरु हुने भएकाले पर्यटकका लागि वारिपारीको वस्ती घुमाउने गरी प्याकेज तय गरिएको हो। भिलेज टुरअन्तर्गत छायाँनाथ रारा नगरपालिकाका तीनवटा वस्तीमा घुमाइनेछ।

फागुन दोस्रो साताबाट यो प्याकेज लागू हुनेछ। यहाँ आउने सबै पर्यटकलाई भिजिट कर्णाली टुर एन्ड ट्राभल्सले स्पेसल भिलेज टुर प्याकेज सञ्चालन गर्न लागेको हो। हवाई तथा सडक यातायात दुवैबाट रारा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रारा तालको अवलोकनसँगै नजिकैका गाउँसमेत घुमाइनेछ। अर्गानिक खाना, जिल्लाको परम्परागत संस्कृति, मठमन्दिर र परम्परागत वस्तीको अवलोकन गराउने उद्देश्यले पहिलोपटक छायाँनाथ रारा नगरपालिकाको भामबाडा, कार्कीबाडा र माथितुमा गाउँमा स्पेसल भिलेज टुर प्याकेज सुरु गर्न लागिएको ट्राभल्सका प्रबन्ध निर्देशक राजु कार्कीले जानकारी दिए।

कार्कीकाअनुसार रारा आउने पर्यटक राराको अवोलकन गरेर मात्र फर्कने भएपछि अबदेखि स्थानीय संस्कृति, परम्परागत वस्ती, मठमन्दिरको अवलोकन र एक रात स्थानीयको घरमै बसेर स्थानीय खाना खाएर दोस्रो दिन राराको अवलोकन गराइनेछ। पहिलोपटक ८० जना आन्तरिक तथा बाह्य पर्यटकलाई यी गाउँमा यो प्याकेजमा ल्याइनेछ। शिरमा रारा भएको भए पनि यसको आसपास बसोबास गर्ने स्थानीयले अहिलेसम्म राराबाट केही लाभ लिन सकेका छैनन्। केही वर्षयता रारा अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ। यो ट्राभल्सले ल्याएको प्याकेजमार्फत यहाँका बासिन्दाले रामै्र लाभ लिने अपेक्षा गरिएको छ।

प्याकेजले स्थानीयको आयआर्जनमा वृद्धि हुने र पर्यटकले पनि आनन्द लिने मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए। ‘शिरमा रारा भए पनि हामीले आजसम्म लाभ लिन सकेनौं, रोजगारी खोज्दै युवा गाउँ छोडेर गएका छन्। अब गाउँमा पर्यटक आउने भएपछि हाम्रो आय बढ्नेछ, गाउँमै रोजगारी पनि पाउनेछौं’, नगरपालिका–४ का कृष्ण भामले भने। ट्राभल्सले यो प्याकेजसँगै मुगु कर्णालीमा ¥याफ्टिङ फागुनको अन्तिम सातादेखि सञ्चालन गर्ने भएको हो। वडा १ स्थित झुगलादेखि सोरु गाउँपालिकाको तारापानीसम्मको १८ किलोमिटर मुगु कर्णालीमा र्‍याफ्टिङ सञ्चालन गर्न प्राविधिक सर्भे पनि केही दिनभित्रै सुरु हुने भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.