मन्त्रालयलाई स्मार्टको पत्र

मन्त्रालयलाई स्मार्टको पत्र

काठमाडौं : स्मार्ट टेलिकमले ठूलो सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले तोकिएबमोजिम कल टर्मिनेसन सेवा उपलब्ध नगराएको भन्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई पत्र पठाएको छ । कल टर्मिनेसन सम्झौताका लागि एनसेल र टेलिकमलाई पटक–पटक अनुरोध गर्दा पनि सम्झौता गर्न नमानेको भन्दै स्मार्टले आइतबार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको हो ।

‘कल टर्मिनेसन’ भन्नाले विदेशबाट आउने कललाई आफ्नो गेटवेमार्फत छिराएर मोबाइल नम्बरसम्म पु‍¥याउने कार्य हो । जस्तो भारतको एयरटेलले नेपालमा टेलिकमको गेटवेमार्फत कल गर्‍याे भने त्यसबापत उसलाई निश्चित रकम तिर्नुपर्छ । स्मार्टले विदेशबाट कल ल्यायो र त्यसलाई नेपाल टेलिकम र एनसेलको नेटवर्कमा पठाउनुप¥यो भने त्यसबापत कति पैसा एनसेल र टेलिकमलाई तिर्ने भन्ने सम्झौता गरिएको हुन्छ । तर स्मार्टको विषयमा भने दुई कम्पनीले सम्झौता नै गर्न नचाहेको कम्पनीले जनाएको छ । सम्झौता गर्न जाँदा आम्दानीभन्दा बढी बुझाउनुपर्ने भएपछि सम्झौता गर्न नसकिएको कम्पनीले जनाएको छ ।

प्राधिकरणले पनि विदेशबाट कल ल्याएर कम्तीमा यति कल गर्न पाउने भनेर तोकेको छ । प्राधिकरणले तयार पारेको निर्देशिका अनुसार कम्पनीले मासिक ५० लाख मिनेट बराबरको कल विदेशबाट ‘टर्मिनेट’ गराई अरूको नेटवर्कमा पठाउन पाउनेछ । विदेशी सेवाप्रदायकले जुन नेपाली कम्पनीको ‘कल टर्मिनेसन रेट’ कम छ, त्यसैमार्फत कल पठाउन चाहने भएकाले यो सेवाप्रदायकको आम्दानीको एउटा महत्वपूर्ण स्रोत हो । तर, नेपाल टेलिकम र एनसेलले स्मार्ट टेलिकमको गेटवेमार्फत आउँदा आम्दानी बाँड्नुपर्ने भएपछि ब्लक गरिदिने गरेको कम्पनीले पत्रमा उल्लेख गरेको छ ।

नेपाल टेलिकम र एनसेलले स्मार्ट टेलिकमको गेटवेमार्फत आउँदा आम्दानी बाँड्नुपर्ने भएपछि ब्लक गरिदिने गरेको कम्पनीले आफ्नो पत्रमा उल्लेख गरेको छ ।
 

‘निर्देशिकामा १० प्रतिशतभन्दा बढी बजार हिस्सा भएका कम्पनीले निर्वाधरूपमा एकअर्काको गेटवेबाट आएको कल रोक्न नपाउने व्यवस्था छ’, प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘टेलिकम र एनसेलको बजार हिस्सा ९० प्रतिशतभन्दा बढी भएकाले यी कम्पनीले विदेशबाट हुने कलमा अवरोध गर्न पाउने छैनन् ।’ यूटीएल र स्मार्ट टेलिकमले मासिक ५० लाख मिनेट बराबरको कल विदेशबाट ‘टर्मिनेट’ गराई अरूको नेटवर्कमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।

लिमिटेड मोबिलिटी र ग्रामीण दूरसञ्चार सेवाको अनुमति पाएका कम्पनी सीजी टेलिकमजस्ता कम्पनीले मासिक ५ लाख मिनेट बराबरको विदेशी कल आफ्नो नेटवर्कबाट अर्कोमा पठाउन सक्ने व्यवस्था छ । यसरी सीमा तोकेर सेवाप्रदायक कम्पनीले अनुमति शुल्क बराबरको आम्दानी गर्न सकोस् भन्ने योजना प्राधिकरणको थियो । तर, निर्देशिकालाई नै प्राधिकरणले कार्यान्वयनमा ल्याउन सकेको छैन । प्राधिकरणले यो विषयलाई लिएर धेरैपटक पत्राचार गरिसकेको भए पनि त्यसको कुनै प्रतिफल प्राप्त भएको देखिँदैन । केही समयअघि प्राधिकरणले अन्तरआबद्धता अवरोधको विषयलाई लिएर कम्पनीलाई पाँच लाख जरिवाना गराएको थियो ।

अन्तरआबद्धता अवरोध भनेको एउटा कम्पनीको नेटवर्कबाट अर्कोमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसक्ने बनाउनु हो । प्राधिकरणले २०६५ सालमा जारी गरेको उक्त निर्देशिका अनुसार सेवाप्रदायक कम्पनीले यस्तो अवरोध गर्न पाउँदैनन् । अन्तरआबद्धता अवरोधले ग्राहक ठूलो मारमा पर्दै आएको भन्दै प्राधिकरणले यसलाई जतिसक्दो चाँडो समाधान गर्न दुवै कम्पनीलाई निर्देशन दिएको थियो । त्यसकै आधारमा यसमा भने केही हदसम्म समाधान भएको स्मार्ट टेलिकम स्रोतले जनाएको छ । स्रोतका अनुसार, अन्तर्राष्ट्रिय कलमा हुने अन्तरआबद्धता भने अझै उस्तै छ ।

प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोतम खनालका अनुसार प्राधिकरणले यो विषयलाई लिएर सेवाप्रदायक कम्पनीलाई धेरैपटक पत्र काटिसकेको बताए । ‘ठूलाले साना अपरेटरलाई प्रतिस्पर्धामा आउन नदिन यसो गरेका हुन्’, उनले भने, ‘यसले सेवाग्राहीसमेत मारमा छन् । गुनासो आएकाले अध्ययन भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.