लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रबाट ठूलो परिमाणका विभिन्न प्रकारका लागुऔषधसहित दुईजना कारोवारीलाई प्रहरी पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले विशेष सुराकीको आधारमा बुधबार त्रियुगा नगरपालिका- ६ देउरी स्कुल नजिकबाट स्थानीय ३६ वर्षीय गणेशकुमार गुप्ता र २६ वर्षीय ओमप्रकाश राईलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबैलाई प्रहरीले बिहीबार बिहान पत्रकार सम्मेलनमा सार्वजानिक गरेको हो।शंकास्पद अवस्थामा हिँडेका उनीहरुलाई खानतलासी गर्ने क्रममा गुप्ताले बोकेको झोला र शरीरमा लुकाई राखेको फेनारगन दुईसय ६० एम्पुल, लुपिजेसिक एकसय २० एम्पुल, डाइजेल्याव दुईसय ७२ एम्पुल, नुफिन एकसय ६५ एम्पुल र एकसय थान नाईट्रोजन ट्याव्लेटसमेत बरामद गरेको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले एनसेलको सिमकार्ड १४ थान, नगद एक हजार ६ सय ४५, सामसुङ मोबाइल एक, नोकिया मोबाइल एक थान र लागुऔषध बोक्ने झोला एक थान पनि बरामद गरिएको उनले बताए। 

प्रहरीले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा जुपिजेसिक ४५, डाईजेल्याव ८७, फेनारगन ५४, नाईट्रोजन दुईसय ४० गोली, नुफिन १९, डाईलेक्स २९ बोतल र तीन किलो तीन सय २५ ग्राम गाजासमेत बरामद गरेको जानकारी दिएको छ । सो अवधिमा लागुऔषध सम्बन्धी २९ वटा मुद्दा दर्ता भएको र त्यसमा प्रतिवादी ४७ जनालाई पक्राउ गरी कारवाही गरिएको एसपी राईले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.