जनप्रतिनिधि नै अवैध उत्खननमा

जनप्रतिनिधि नै अवैध उत्खननमा

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बुढीखोलामा जनप्रतिनिधि कै संलग्नतामा अवैध रूपमा खोलाको बगर उत्खनन् भइरहेको छ। मापदण्ड विपरीत बुढीखोला बगरमा ठूलो एक्स्काभेटर प्रयोग गरी बुढीगंगा–४ का वडाअध्यक्ष काशिम मियाँले माटो बिक्री गरिरहेका छन्। खोला छेउको ऐलानी जग्गाको माटो काटेर बिक्री गरिरहँदा पनि गाउँपालिका बेखवर छ। बुढीगंगा भएर बग्ने खोलाको भवानीपुर घाटबाट लामो समयदेखि अवैध रूपमा माटो उत्खनन् भइरहेको छ।

एक्स्काभेटरले खनेको माटो १० वटा भन्दा बढी टिपरले धमाधम ओसारपसार गरिरहेका छन्। खोला किनारको ऐलानी जग्गामा अवैध रूपमा मापदण्ड विपरीत धमाधम उत्खनन् भएपछि ठूला–ठूला खाल्डा बनेका छन्। खोला किनारको झण्डै १० फिट अग्लो ढिस्को झारेर साढे दुई विगाहा क्षेत्रफलमा उत्खनन् गर्ने काम भइरहेको छ। ‘जनप्रतिनिधि भएदेखि मियाँले उत्खनन्लाई तीव्रता दिएका छन्’, एक स्थानीयले भने, ‘विरोध गर्दा हामीलाई उल्टै धम्क्याउँछन्।’ स्थानीय डम्बर बरालले वडाध्यक्षले स्थानीयको आग्रहलाई बेवास्ता गरेको गुनासो गरे।

अध्यक्ष मियाँले गोर्खा बु्रअरीको खोलाको बगरमा रहेको १८ विगाहा जग्गा लिजमा लिएर उखु खेती लगाउँदै माटो भने खनेर बिक्री गर्ने गरेको बरालको भनाइ छ। टिपरलाई खोलैसम्म पुग्ने बाटो बनाएर माटो बिक्री गर्ने गरिएको छ।

बुढीगंगाका अध्यक्ष बालचन्द्र माझीले गाउँपालिकाले दुईमहिना अघिमात्र खोलाजन्य पदार्थ ओसार्न स्थानीय किरण चौधरीलाई १५ लाखमा ठेक्का दिएको जानकारी दिए। उनले ठेक्कामा ११ हजार ९ सय घनमिटर बालुवा र १० हजार २ सय ४२ घनमिटर भरौट ओसार्न पाउने स्वीकृति दिइएको र अन्य कुनै व्यक्तिलाई ऐलानी जग्गा कटान गर्ने अनुमति नदिएको बताए। तर वडाध्यक्ष मियाँले भने गहिरा खाल्डा बनाउँदै धमाधम माटो उत्खनन् गरिरहेका छन्। ‘अवैध रूपमा भइरहेको उत्खनन्को कहीँबाट पनि जानकारी आएको छैन,’ गाउँपालिका अध्यक्ष माझीले भने, ‘कोही कसैले नियम विपरीत माटो कटान गरेको भए तत्काल कारवारी गरिनेछ।’

वडाध्यक्ष मियाँले भने आफूले खोलामा अवैध उत्खनन् नगरेको दाबी गरेका छन्। गाउँपालिकाले नै ठेक्कामा दिएका व्यक्तिले आफूलाई माटो कटान गर्न दिएको उनले जिकिर गरे। माटो कटान गरिएको ऐलानी जग्गाको छेउमै आफ्नो १८ विगाहा जग्गा रहेको बताउँदै भने उनले भने, ‘आफूले खोलेको बाटो टिपरले प्रयोग गरे वापत प्रतिटिप दुई सयका दरले उठाउने गरेको छु। त्यहाँ व्यक्तिको नाममा दर्ता भएको जग्गाकै छेउमा खोला छेउको दुई विगाहा तीन कट्ठा पाँच धूर जग्गा ऐलानी रहेको स्थानीयले बताए।

ठेकेदार किरण चौधरीले आफ्नो नाममा ठेक्का परेको भए पनि यो विषयमा पूर्ण जानकारी नआएको र कसैलाई माटो काट्न नदिएको बताए। उनले माटोको काम वडाध्यक्ष मियाँले नै गरिरहेको जानकारी आफूलाई आए पनि प्रतिवाद गर्न नसकेको सुनाए।

अर्का ठेकेदारका अर्जुन बोगटीले गाउँपालिकाबाट ठेक्का लिएर माटो काट्ने काम गरिरहेको बताए। ठेक्का अनुसार नै माटो खनेर टिपरवालाई बेच्ने गरेको हुँ उनले भने, ‘मापदण्ड के हो मलाई थाहा छैन। लामो समयदेखि हुँदै आएको कामलाई निरन्तरता दिएको हुँ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.