दुर्घटनामा स्कुटर चालकको मृत्यु

दुर्घटनामा स्कुटर चालकको मृत्यु

धरान : सुनसरीको धरान उपमहानगरपालिका १५ मा बिहीबार स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

भित्री सडक खण्डमा निराजन बस्तीबाट भानुचोकतर्फ जाँदै गरेको को १६ प ९१०४ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई सडक छेउमा रहेको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमनकुमार तिम्सिनाका अनुसार बिहान भएको दुर्घटनामा परेर घाइते भएका स्कुटर चालक धरान–१५ का २५ वर्षीय लक्ष्मण लामाको उपचारका क्रममा दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

स्कुटर प्रहरी नियन्त्रणमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.