बूढासुब्बा गोल्डकप : धरान उपाधि नजिक

बूढासुब्बा गोल्डकप : धरान उपाधि नजिक

धरान : ‘ए’ डिभिजन लिग उपविजेता संकटा क्लबलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लब सुनसरीको धरानमा जारी २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। घरेलु मैदानमा टाइब्रेकरमा ४–३ गोलले संकटालाई निराश बनाउँदै धरान फाइनलमा प्रवेश गरेको हो।

धरान रंगशालामा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा गोलरक्षक विनय श्रेष्ठले संकटाको दुई पेनाल्टी विफल पारेपछि धरानले फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि धरानले क्यामरुनको डफिन्स क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। धरान यसअघि भारतको दलहाउजी एथलेटिक्स क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।

९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा धकेलिएको थियो।

टाइबे्रकरमा धारनका वर्तमान राई, मिलन राई, योगेश राई र दोर्जे तामाङले गोल गरेका थिए। धरानका हेमन्त थापामगरको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबा थापाले विफल पारेका थिए। संकटाका अमित तामाङ, दीपेश आलेमगर, लक्ष्मण रुचालले मात्र गोल गरे। सेड्रिक आबा र सरोज दाहालको प्रहार विफल भएको थियो। खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक विनय श्रेष्ठ भए। उनले १५ हजार पुरस्कार प्राप्त गरे। धरान आठौं संस्करणपछि पहिलो पटक फाइनलमा प्रवेश गरेको होे।

निर्धारित समयको खेलमा दुवै टिमले गोल गर्ने उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। खेलको छैटांै, ३०औं र ७४औं मिनेटमा धरानका वर्तमान राईले गोल गर्ने उत्कृष्ट अवसर गुमाए। उनले ३० मिनेटमा वान भर्सेस वानको अवस्थामा समेत गोल गर्न सकेनन्। धरानकै मिलन राईले खेलको २६औं मिनेटमा गोल गर्ने अवसर खेर फाले।

संकटाले पनि गोल गर्ने चारवटै अवसर गमाएको थियो। संकटाको तर्फबाट ३९औं मिनेटमा लक्ष्मण रुचाल, पहिलो हाफको इन्जुरी समयमा रोशन पहारी, ५१औं मिनेटमा रोमन लिम्बू र ६४औं मिनेटमा सेड्रिक आबाको सशक्त प्रहारलाई धरानका गोलरक्षक विनय श्रेष्ठले विफल पारेका थिए।

धरानका प्रशिक्षक सागर घिमिरेले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले फाइनल प्रवेश गरेसँगै खेलाडीको आत्मबल बढेकाले उपाधि जित्न थप हौसला मिलेको बताए।

संकटाका अफिसियल जुजुकाजी डंगोलले निर्धारित समयमा आफ्ना खेलाडीले गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा टाइबे्रकरमा पराजित हुनु परेको बताए। शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लब र क्यामरुनको डफिन्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्र्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद चार लाख रुपैयाँ प्राप्त गर्नेछन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.