भीमकाय शरीरका ‘दानव’ पहिलो पटक नेपालमा

भीमकाय शरीरका ‘दानव’ पहिलो पटक नेपालमा

काठमाडौं : शारीरिक सुगठन खेलमा ‘द बिस्ट’ अर्थात् दानवको उपनामबाट चर्चित खेलाडी रोली विङ्कलार बिहीबार नेपाल आएका छन्। शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’मा तेस्रो स्थानसमेत हात पारिसकेका डच खेलाडी विङ्कलार नेपाल आउने यो खेलका सबैभन्दा ठूला स्टार हुन्।

उनी नेपालमा पहिलो पटक हुन लागेको मिस्टर ओलम्पियाको छनोट खेल ‘प्रो–क्वालिफायर’ मा अतिथिका रूपमा सहभागी हुन आएका हुन्। शनिबार कमलादीस्थित एकेडेमीको हलमा हुने प्रो–क्वालिफायर खेलमा उनी गेस्ट पोजरका रूपमा सहभागीता जनाउने छन्।

विङ्कलारले नेपाली खेलाडी र शारीरिक सुगठनका नेपाली समर्थक उत्साहित गर्न यहाँ आएको बताए। ‘म धेरै पटक भारत आएको छु। तर, भारतको छिमेकी नेपाल पहिलो पटक आएको हुँ। नेपाल निकै सुन्दर लाग्यो। यहाँ आउनेबित्तिकै हिमाल हेर्न पाएँ’, बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि उनले भने, ‘म शारीरिक सुगठनका नेपाली खेलाडी र समर्थकलाई उत्साहित तुल्याउन यहाँ आएको हुँ।’

सन् २०१८ मा भएको मिस्टर ओलम्पियामा तेस्रो स्थानका साथै पिपुल्स च्याम्पियनसमेत भएका विङ्कलार सबैभन्दा ठूलो शरीर भएकै कारण शारीरिक सुगठनमा दानवको उपनामले चिनिएका हुन्। चर्चित खेलाडीको उपस्थितिले नेपालमा हुन लागेको प्रो–क्वालिफायरमा सहभागी हुने नेपाली र अन्य देशका खेलाडीसमेत प्रेरित हुने अपेक्षा गरिएको छ।

प्रो–क्वालिफायरमा नेपालसहित १५ देशका खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडीबिल्डिङ र वुमन्स फिजिक गरी ४ विधामा प्रतिस्पर्धा हुनेछ। प्रत्येक विधामा पहिलो हुने एक÷एक खेलाडी प्रो–कार्ड जित्दै यसै वर्ष अमेरिकाको लस भेगासमा हुने मिस्टर ओलम्पियामा छनोट हुनेछन्।

४ महŒवपूर्ण प्रो–कार्ड छनोट प्रतियोगितासहित विङ्कलारलाई पनि नेपाल भित्र्याउन सफल इन्टरनेसनल फेडरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस (आईएफबीबी) लिग नेपालका अध्यक्ष सानु गुरुङले खुसी व्यक्त गरे। ‘विङ्कलारजस्ता स्टार खेलाडी नेपाल ल्याउन सक्नु हाम्रा लागि भाग्यको कुरा हो। उनको उपस्थितिबाट नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाउनेछन्’, गुरुङले भने, ‘नेपाली शारीरिक सुगठनको विकासमा मद्दत पुग्ने अपेक्षा पनि गरेको छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.