मिथिलामा भ्यालेन्टाइन डे
जनकपुरधाम : दुलहादुलहीको मन्दिर भनेर चिनिएको जनकपुरमा भ्यालेन्टाइन डेको अवसरमा माया साट्ने प्रेम जोडीको भीड छ। यहाँका मठमन्दिर, पोखरी किनारहरूमा गुलाफको फूल बोकेर माया साट्नेहरूको भीड छ। गुलाफको फूल एकअर्कालाई दिएर प्रेमजोडीहरू सेल्फी खिच्न व्यस्त छन्।
प्रेम दिवसले युवायुवती मात्रै हैन उनीहरूको माया प्रगाढ बनाउन वृद्धवृद्धा पनि सक्रिय छन्। मन्दिरका पुजारीले टीका लगाई दिएर प्रेम सफल होस् भन्ने आशीर्वाद दिएका छन्। गुलाफका फूलहरू एकआपसमा साटासाट गरेका दृश्यले जनकपुर प्रेम दिवसमै भएको छ। जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, भूतनाथ मन्दिर, मनिपाल, संकटमोचन, गंगासागर पोखरीलगायतका स्थानमा प्रेम जोडीहरूको चहलपहल छ।
जनकपुरस्थित जानकी चोकमा युवा पुस्ताले प्रेम दिवसको अवसमा (मुटु) दिलको चित्र बनाएका छन्। जनकपुरमा युवाहरूले १६ वर्षदेखि रंगीचंगी दिलको अकारमा स्टेज सजाएर भ्यालेन्टाइन डे मनाउँदै आएका छन्। ग्रामीण भेगबाट प्रेम जोडीहरूसमेत भ्यालेन्टाइन डे मनाउन जनकपुर आएका छन्।
गुलाफको फूलको व्यापार पनि बढेको छ। महिलाहरू प्रेम जोडीहरूलाई गुलाफको फूल बिक्री गर्न व्यस्त छान्।