सूँ गाउँमा पानीको हाहाकार : घोडामा खानेपानी ओसार्दै स्थानीय

सूँ गाउँमा पानीको हाहाकार : घोडामा खानेपानी ओसार्दै स्थानीय

डोल्पा : त्रिपूरासुन्दरी नगरपालिका–३ सूँ गाउँमा खानेपानीको हाहाकार छ। गाउँका पानी मुहान सुकेपछि पानी अभाव भएको हो। पानीका मुहान सुकेपछि स्थानीयले अहिले घोडामा बोकेर खानेपानी ढुवानी गर्न थालेका हुन् ।

एक सयभन्दा धेरै घरधुरी रहेको सूँ गाउँमा स्थानीयले गाउँबाट टाढा रहेको मुहानबाट घोडामा राखेर पानीको ढुवानी गरिरहेका छन्। गाउँमा रहेका मुल सुक्दै गएपछि खानेपानीको ठूलो हाहाकार भएको सूँ गाउँका सन्तराज धरालाले बताए। गाउँबाट आधा घण्टाको दुरिमा रहेको मुहानमा घण्टौंसम्म लाइन बसेर पानी भर्नुपर्ने र घोडा तथा खच्चडमा बोकेर खानेपानीको जोहो गरिरहेको स्थानीय फुला डांगीले सुनाइन् ।

पूर्खाैदेखि उपभोग गर्दै आएका पानीका मुहान एकाएक सुक्न थालेपछि सूँ गाउँमा खानेपानीको समस्या झनै बढ्दै गएको हो। गाँउको झुलारा भन्ने स्थानमा रहेको सानो मुलबाट पालैपालो पानी थापेर वर्षौदेखि गुजरा चलाएका स्थानीयहरु मुल सुक्न थालेपछि झनै चिन्तीत भएका छन् ।

घरको काम नै छोडेर पानीको लागि लाइनमा बस्ने गरेको कर्णबहादुर धरालाले बताए। गाँउमाथिको मुल सुकेपछि करिब ७ सात किलोमिटर टाढा रहेका जिउँ गाँउबाट पानीको लागी अनुरोध गरे पनि जिउ गाँउले मुलको पानी दिन नमानेको कारण समस्या भइरहेको फुला डांगीले बताइन् ।

आधा करोड खर्च तर पानी आएन

सुँ गाउँमा खानेपानीको आपुर्ति सहज बनाउन २०६९ सालदेखि नै पहल गरिएको थियो। तर पनि हालसम्म समस्याको समाधान भने हुन सकेको छैन। खानेपानी आयोजनाका लागि डोल्पा सर्वागिंण विकास समाज डोल्पाले फर्नबोर्डमार्फत ३८ लाख बराबरको रकम खर्च गरेको छ। तर आयोजनाको काम सम्पन्न हुन सकेको छैन ।

संस्थाले खर्च गरेको रकम भुक्तानी भएको छैन भने सूँ गाउँका बासिन्दाले हालसम्म खानेपानी पाएका छैनन्। यसै आर्थिक वर्षमा दश लाग खानेपानीकै लागि खर्च गरिने त्रिपूरा सुन्दरी नगरपालिकाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.