अवहेलना मुद्दामा जरिवाना

अवहेलना मुद्दामा जरिवाना

ओखलढुंगा : उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले जिल्ला मालपोत कार्यालय उदयपुरका प्रमुख नवराज खड्कालाई अदालतको अवहेलना मुद्दामा १० हजार रुपैयाँ जरिवाना गरेको छ।

न्यायाधीश विदुरविक्रम थापा र शालीग्राम कोइरालाको इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा खड्कालाई जरिवाना सजाय सुनाएको हो। जिल्ला मालपोत कार्यालय उदयपुर र तत्कालीन कार्यालय प्रमुख खड्काले जग्गा दर्तासम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत राजविराज र सर्वोच्च अदालतले विभिन्न मितिमा गरेका आदेश अटेर गरी कार्यसम्पादन गरेको पाइएपछि जरिवान सजाय गरेको अदालतका सूचना अधिकारी उद्धव ढोडारीले जानकारी दिए। 

जग्गा दर्तासम्बन्धी निवेदन प्रक्रियामा लानु पर्नेमा सुनुवाई नगरेपछि पुनरावेदन र सर्वोच्चले फरक–फरक समयमा आदेश दिएका थिए। आदेशअनुसार खड्काले कार्य सम्पादन नगरेपछि उदयपुरका जगदेव चौधरीले अदालतको अवहेलनासम्बन्धी मुद्दा ओखलढुंगा इजलासमा गत पुस ६ गते दर्ता गरेका थिए।

खड्कालाई व्यक्तिगत अभिलेखमा जनिने गरी १० हजार जरिवाना हुने फैसला भएको सूचना अधिकारी ढोडारीले बताए। उनका अनुसार एक महिनाभित्र अदालतको आदेश अनुसार कार्यसम्पादन गरी क्षमा याचनासहित लिखित जवाफ लिएर हाजिर भएमा सजाय छुट हुने व्यवस्था पनि इजलासले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.