जंगलमा महिलाको शव भेटियो

जंगलमा महिलाको शव भेटियो

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा शुक्रबार दिउँसो अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने एक महिलाको शव फेला परेको छ। पहाडे मुलकोजस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा माटोको ढिस्को लडेर बनेको खाल्डोमा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए।

शवको वरपर किटनासक विषादीको गन्ध आएका कारण घटनाको गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको उनले बताए। उनका अनुसार घटनास्थल वरपर कुनै विषादीका कुनै बट्टा वा विषादी राख्न प्रयोग गरिने वस्तु भने फेला परेको छैन। जंगलमा घाँस दाउरा काट्न गएका स्थानीयवासिन्दाले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले विषादी सेवन गराएर महिलाको हत्या गरिएको हो वा महिला आफैले विषादी सेवन गरी आत्महत्या गरेको हो भन्ने बारेमा खुलिनसकेको प्रहरीले जनाएको छ। महिलाको शरीरमा कुनै चोटपटक नभेटिएको जनाइएको छ। 'बाहिरबाट हेर्दा शरीरका कुनै पनि अंगमा चोटहरु देखिदैन,' प्रनि बजगाईले भने, 'ती महिला को हुन् र कहाँबाट त्यहाँ पुगिन् भन्ने पनि खुल्न सकेको छैन।'

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सञ्चालन गरेको ८०८६ नम्बरको बसको टिकट महिलाको साथबाट फेला परे पनि बसको अल्फाबेट भने टिकटमा नखुलाइएको प्रहरीले जनाएको छ। टिकटमा महिलाको नाम उल्लेख नगरिकन काठमाडौं मात्रै लेखेका कारण शवको पहिचान गर्न नसकिएको प्रहरीको भनाइ छ । पोष्टमार्टमका  लागि  शव मोरङको उर्लाबारस्थित मंगलबारे अस्पतालमा लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.