ब्याजदरमा लचिलो हुन बैंकलाई प्रधानमन्त्रीको सुझाव

ब्याजदरमा लचिलो हुन बैंकलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन्। शनिबार सरकारी निवास बालुवाटरमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिको भेटम प्रधानमन्त्री ओलीले ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन्। 

‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस् प्रधानमन्त्री ओलीले भने,‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहाेस् र सबभन्दा कम ब्याज उठाउनुहोस्। बिलासिताका वस्तुमा लगानी कम गर्नुहोस्। ब्याज बढी गर्नुहोस्।’


>> बैंकलाई अर्थमन्त्रीको चेतावनी : सरकारले हस्तक्षेप गर्न नपरोस्


महासंघको टोलीले बैंक तथा वित्तिय संस्थाद्वारा घोषित चर्को  ब्याजदर कारण निजी क्षेत्रलाई  परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो। 

 प्रधानमन्त्री ओलीले व्यावसायीको गुनासोका बारेमा बैंकसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिएका छन्। ‘बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त हुदैन, यसमा सरकारले नियमन गर्छ’ प्रधानमन्त्रीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.