प्रधानमन्त्रीलाई गगनको प्रश्न : ऐना हुेर्नुहुन्छ कि हुन्न ?
नुवाकोट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारको एक वर्षे कार्यकाल नारामै सीमित भएको आरोप लगाएका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको राउतवेशीमा शनिबार आयोजित कार्यक्रममा नेता थापाले सरकारको एक वर्षे कार्यकाल उपलब्धीहीन भएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ’ भन्नु हास्यास्पद रहेको थापाको टिप्पणी छ। सरकारले भ्रष्टाचारलाई शून्यमा झार्छु भनेर भाषण गरिरहे पनि अवस्था ठिक विपरीत रहेको उनको दावी छ।
‘देशमा दैनिक भ्रष्टाचार बढिरहेको छ, सरकार त्यहीँ घटनामा मुछिरहेको छ। जसले गर्दा म सोध्न बाध्य हुन्छु– हाम्रो प्रधानमन्त्री ज्यू ऐना हुर्नु हुन्छ कि हुन्न भनेर’, उनले भनेर।
थापाले विकास निर्माण, जनतालाई न्याय दिने कार्य र शान्ति सुरक्षामा पनि सरकार चुकेको आरोप लगाए।