२८० केजी अवैध सुर्तीसहित दुई पक्राउ
दाङ : अवैध रुपमा ल्याइएको दुई लाख रुपैयाँ बराबरको सुर्ती प्रहरीले बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालय तुलसीपुरको विशेष अनुसन्धान टोलीले कपिलबस्तुबाट अवैध सुर्तीसहित बलेरो जिप र दुईजनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रवत्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए।
अवैध रुपमा राखिएको २८० केजी सुर्ती, सुर्ती बोकेको लु १ च ५२२६ नम्बर गाडीसहित दुई जनालाई मायादेवी गाउँपालिका १ बरोहिया चोकबाट नियन्त्रणमा लिइको कार्कीले बताए।
रुपन्देही गैडहवा गाउँपालिका २ जोगडाका सफिकुल रहमान (२४) र मायादेवी गाउँपालिका ६ का विनोद हरिजन (२२) लाई नियन्त्रणमा लिएर इप्रका पकडी कपिलबस्तु बुझाइएको प्रवक्ता कार्कीले बताए।