व्यवसायी फोहोर फाल्ने, जनप्रतिनिधि र कर्मचारी उठाउने

व्यवसायी फोहोर फाल्ने, जनप्रतिनिधि र कर्मचारी उठाउने

डोल्पा : डोल्पाको सदरमुकाम दुनैको फोहोर जनप्रतिनिधि र कर्मचारीले उठाउने गरेका छन् । विभिन्‍न दिवस,पर्वको अवसरमा जिल्लाका सरकारी तथा गैह्रसरकारी कार्यालयका कर्मचारी,सेना,प्रहरी र जनप्रतिनिधिहरुले बजारमा यत्रतत्र फालिएका फोहोर उठाउने गरेका हुन् ।

होटेल र पसलेहरुले आफनो ढोका अघि मात्र सफा गर्ने र आफनो घरको फोहोरसमेत छिमेकीका घर वरिपरि फाल्ने गरेको ठुलीभेरी नगरपालिका ३ का अध्यक्ष अर्णबहादुर न्यौपाले जानकारी दिए ।

हरेक पटक बजारको फोहोर जनप्रतिनिधि र कर्मचारीले उठाउँदा स्थानीयहरु हात बाँधेर बस्ने र उल्टै खिल्ली उडाउने गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने, 'नागरिकमा सरसफाईको चेतनाको कमी हैन उनीहरुसँग अपनत्वको भाव छैन । जे गरेपनि हुन्छ भन्ने कुराको हाबी भएको मात्रै हो।' स्थानीय सरकारले सरसफाइमा  विशेष जोड दिएपनि स्थानीयलाई नै अग्रसर नगराएसम्म हाम्रो हो र हामीले नगरे कस्ले गर्ने भन्ने भावनाको उत्प्रेरणा नआएसम्म दुनै बजार सुन्दर नहुने प्रजिअ भुपेन्द्र थापाले दाबी गरे । 

सडकको फोहोर भेरीमा

बजारको फोहोर उठाएर किनारामा बगेको भेरी नदिमा फाल्ने गरिएको छ । पसल, होटेल र स्थानीयको घरबाट निष्कने फोहोर सबै भेरीमा लगेर फाल्ने गरिएकोले भेरी पूरै दुर्गन्धित भएको छ ।

अहिलेसम्म फोहोर व्यवस्थापनको कुनै पनि योजना बनाउन नसकेकाले भेरीमा फोहोर बढिरहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । किनारमा बनेका घरहरुबाट नदीमा ढल मिसाइएकाे छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.