एउटै पार्कमा बिपी, गणेशमान, पुष्पलाल र मनमोहनको शालिक

एउटै पार्कमा बिपी, गणेशमान, पुष्पलाल र मनमोहनको शालिक

हेटौंडा : विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा प्रजातान्त्रिक पार्क निर्माण भएको छ ।

उक्त पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक निर्माण गरिएको छ । सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको हो ।

चारैजना प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको शालिक निर्माण सम्पन्न भइसकेको बताउँदै समितिका कार्यालय सचिव रामचन्द्र न्यौपानेले शालिक अनावरणको तयारी भइरहेको बताए । 

‘राष्ट्रका प्रमुख व्यक्तित्वहरुबाट शालिक अनावरण गराउने तयारी भएकाले समय मिलाउने काम भइरहेको छ’, न्यौपानेले भने । नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका शीर्ष नेताहरुबाटै शालिक अनावरण कार्यक्रम सम्पन्न हुने गरी केही समयभित्रै प्रजातान्त्रिक पार्क उद्घाटन गरिने उनले बताए । 

यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । १९ मिटर डाइको गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ ।

स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा सहिद भएका १२ सहिदको एउटै ढुङ्गामा सहिदको मुखाकृत कुदिएको छ । 

स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुङ्गामा कलात्मक ढङ्गले कुदिएको सालिकले बिभिन्न खालखण्डको संस्मरण गराउछ । पार्कमै जननेता मदन भण्डारीको शालिक पनि निर्माण गरिएको छ । 

२०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक देशकै नमुना सहिद केन्द्र बन्न पुगेको छ । यहाँ वार्षिक पाँच लाख बढि आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव न्यौपानेले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.