बाबुबाटै छोरी बलात्कृत : बडीखेलबाट भगौडा पुर्व हवल्दार पक्राउ

बाबुबाटै छोरी बलात्कृत : बडीखेलबाट भगौडा पुर्व हवल्दार पक्राउ

ललितपुर : नेपाल प्रहरीका एक पुर्व हवल्दार आफनै नौ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गोदावरी नगरपालिका–४ बडीखेल निवासी उनले शुक्रबार राति आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अभियुक्त पुर्वहवल्दार भगौडा प्रहरी पनि हुन् । उनका भतिजा विप्लपको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थपिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार घटना शुक्रबार राति ८ बजेको हो । ‘अभियुतmले मातेको बेला यस्तो अपराध गरेको खुलेको छ’, उनले भने । 

श्रीमती माइतीघर (पोखरा) गएको बेला उनले छोरीलाई जबरजस्ती करणी गरेका थिए । बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा चेकजाँच गर्न लगिएको थियो । हेप्थपोष्टमा लैजाँदा उनको यौनाङ्गगमा चोट लागेर रगत बगेको देखिएपछि पाटन अस्पताल पठाइएको थियो । हेल्थपोष्टमा बालिकाले बाबुले यस्तो अवस्था बनाएको बताएकी थिइन् । 

घटना थाहा पाएपछि बालिकाकी आमा पोखराबाट काठमाडौँ आइरहेकी छन् । अभियुतmलाई आइतबार नै प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको थियो ।  

नयाँ मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार बालिका उमेर अनुसारको सजाय तोकिएको छ । बलात्कारको घटनामा अवस्था र प्रकृति हेरेर १० देखि २० वर्षसम्म सजायको व्यवस्था छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.