उर्जा क्षेत्रमा ठूलो लगानी आउँदैन : इप्पान
काठमाडौं : वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले आयोजना गर्न लागेको दोस्रो लगानी सम्मेलनमा अपेक्षाकृति रुपमा जलविद्युत परियोजनामा लगानी नआउने निजी उर्जा उत्पादकले बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले उर्जा क्षेत्रको प्रवर्धनका लागि प्रतिवद्धता गरेको विषय समयमै सम्बोधन गरेकाले अपेक्षीत लगानी भित्रिनेमा शंका व्यक्त गरेको हो।
इपानका अध्ययन शैलेन्द्र गुरागाईले सरकारले घोषणा गरेको उर्जा विकासमा सिंगल डेस्कको व्यवस्था दस्तावेजमा मात्र सिमित रहेकाले पनि उर्जा क्षेत्रमा गरिने लगानी सुरक्षित नहुने बताए। ‘उर्जा प्रवद्र्धन गर्ने सरकारको निती छ, यसका लागि थुप्रै ऐन तथा कानुन निर्माण भएका छन्’, गुरागाईले भने, ‘ती सबै दस्तावेजमा मात्र सिमित हुँदा जलविद्युत लगानीका लागि सुरक्षि हुन सकेको छैन।’
सरकारले नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्धधर्न गर्न आगामी चैत १५ र १६ गते लगानी सम्मेलन गर्दैछ। यो सम्मेलनमा जलविद्युत आयोजनामा तमोर, सेती एसआर ६ मा लगानीका लागि प्रस्ताव गर्ने सरकारको योजना छ। सम्मेलन सफलता पूर्वक सम्पन्न गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको हक हित संरक्षण गर्न सरकार कटिवद्ध भएर अघि बढ्नु पर्ने इप्पानका प्रतिनिधिहरुको भनाइ छ।