चार राजदूतले लिए पद तथा गाेपनीयताकाे सपथ
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न मुलुकका लागि नियुक्त राजदूतले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सोमबार राष्ट्रपति भण्डारीले मलेसियाको लागि उदयराज पाण्डे, फ्रान्सका लागि दीपक अधिकारी, संयुक्त अरब इमिरेट्सका लागि नेपालका कृष्णप्रसाद ढकाल, र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई शीतल निवासमा आयोजित समारोहमा सपथग्रहण गराएकी छन । अधिकारीको नियुक्ती सोमबारविहान नै भएको हो । अन्यको नियुक्ति यसअघि नै भइसकेको हो । सिफारिस भएका अन्य तीन राजदूतहरु भृगु ढुंगाना र गणेश ढकाल भने अझै सहमति पर्खिरहेका छन् । त्यहाँबाट सहमति आएपछि उनीहरुको नियुक्ति हुने र सपथ कार्यक्रम राख्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
भण्डारीले भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यलाई दुई साता अघि सपथ गराएर यस्तो अभ्यास थालेकी हुन । आचार्य आफ्नो कार्यभार सम्हाल्न सोमबार त्यसतर्फ लागि सकेका छन । उनले नेपाल भारत सम्वन्धलाई थप उचाईमा पुर्याउने उद्घोष गर्दै सोमबार दिल्ली प्रस्थान गरेका हुन । उनी गत विहिबार नै दिल्ली जाने भनेपनि यहाँ केही काम बाँकी रहेका आचार्य सोमबार त्यसतर्फ लागेका हुन् । एक बर्ष चार महिनापछि दिल्ली दूतावासले नेपाली राजदूत पाएका हुन ।
२०४७ को संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालिन कानुन मन्त्री आचार्य यसअघि नेपाल भारत प्रवुद्ध ब्यक्ति समुह (ईपीजी) को सदस्य समेत रहेर काम गरेका ब्यक्ती हुन । इजारयलका राजदूत रहेकी अन्जान शाक्य, जेनेभा र न्यूयोर्कका लागि राष्ट्रसंघिय स्थायी प्रतिनिधी क्रमशः मणी भट्टराई र अमृतबहादुर राई सहितलाई सपथ गराएका थिए । भट्टराई र राई त्यसतर्फ जाने तयारीमा छन भने शाक्य पुगेर ओहोदाको प्रमाणपत्र बुझाई सकेकी छन । गायीका शाक्य प्रदेश सभासद क्रान्ति शाक्यका श्रीमती हुन भने उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा केही समय उपप्रमुख भएर काम गरेकी थिइन ।