गगन भन्छन् : ओली सरकार ४ वर्ष टिक्छ भन्दा जनता तर्सिने दिन आयो

गगन भन्छन् : ओली सरकार ४ वर्ष टिक्छ भन्दा जनता तर्सिने दिन आयो

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको असक्षमताले संविधान र संघीयता संकटमा परेको बताएका छन् । 

नेपाली काग्रेस इलामले मंगलबार गरेको अन्तरक्रियामा बोल्दै थापाले महेन्द्रको असक्षमताले २००७ सालको उपलव्धी र माओवादीका कारण २०४६ को उपलव्धी गुमेको जिकिर गरे । यसपटक नेकपाका कारण उपलब्धी संकटोन्मुख भएको थापाले बताए । 

नेता थापाले सरकारले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाए । ‘यो सरकार चार वर्ष टिक्छ भन्दा जनता तर्सिने अवस्था आएको छ’, उनले भने । सरकारले सामान्य र सहज कामसमेत नगरेको थापाले आरोप लगाए । सबै सहज अवस्था हुँदा पनि सरकारले काम नगरेर व्यवस्था असफल बनाउने बाटोमा हिँडेको उनले बताए । 

सरकारले संसददेखि गायकसम्मलाई गरेको व्यवहारले उसको अनुहार प्रष्ट भएको भन्दै थापाले व्यवस्था र संविधान रक्षा काग्रेसको एजेण्डा भएको बताए । ‘काग्रेससँग एजेण्डा छैन भन्ने कुरा गलत हो’, थापाले भने, ‘कांगे्रसको अहिलेको एजेन्डा संविधान र व्यवस्थाको रक्षा हो ।’

उनले यही ९ गते बस्ने केन्द्रीय समितिको बेठकपछि दुई महिना भन्दा लामो गाउँ अभियानको घोषणा गरिनेसमेत जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.