ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

कुश्मा : दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ५ उराममा ट्रयाक्टर दुर्घटना हुँदा मंगलवार दिउँसो  दुई जनाको मृत्यु भएको छ।

ध१च ३१५ नम्बरको ट्रयाक्टर उरामको हाडिखर्कमा दुर्घटना हुँदा स्थानीय ट्रयाक्टरका मालिक पदमबहादुर नेपाली र ट्रयाक्टरका सहचालक विक्कु केसीको मृत्यु भएको हो। नेपालीको घटना स्थलमै र केसीको उपचारका क्रममा स्याङजा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। ट्रयाक्टरका चालक भने सकुशल छन्। उनी प्रहरीको नियन्त्रणमा छन्।

सडकको छेउको जमिन भासिएका कारण दुर्घटना भएको स्थानीय बलराम केसीले जानकारी दिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.