पाँचजना सचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ : सरकारले पाँचजना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बीना मगरसँग मेलम्ची प्रकरणमा विवादमा मुछिएका गजेन्द्र ठाकुरसहित पाँच सचिवको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रिपरिषद्ले ठाकुरलाई खानेपानीबाट तानेर जगेडामा राखेको छ । उता जगेडामा रहेका दिपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई खेलकुद मन्त्रालयमा लगिएको छ भने खेलकुदका मोहनकृष्ण सापकोटालाई पर्यटनमा लगिएको छ । त्यसैगरी सरकारले रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको पनि सरुवा गरेको छ ।