आँप उत्पादनमा बेमौसमी प्रविधि

आँप उत्पादनमा बेमौसमी प्रविधि

रामपुर (चितवन) : नेपालमा उत्पादित आँपले नेपाली बजारको १० प्रतिशत मात्रै पूरा हुन्छ। बाँकी छिमेकी मुलुक भारतको उत्पादनले परिपूर्ति गरेको छ। उत्पादन बढाउन नसक्दा नेपाली उपभोक्ता भारतीय उत्पादनको भरमा छन्। प्रविधिको अभावले आँप उत्पादन बढाउन नसकिएको विज्ञहरू बताउँछन्। परम्परागत विधिले नेपालमा आँप उत्पादन बढाउन सकिएको छैन।

नेपालमा दुई वर्षमा एकपटक मात्रै आँप उत्पादन लिने गरिएको छ। वर्षमा एकपटक मुस्किलले उत्पादन हुने आँपको माग पूरा गराउन बाह्य मुलुकबाट आयात गरिँदै आएको छ। एक वर्षमा उत्पादन लिइएको बोटबाट अर्को वर्ष उत्पादन लिन नसकिने समस्या छ। यस्तै समस्या झेलेको थाइल्यान्डमा अहिले एकै वर्षमा दुईपटक उत्पादन हुन्छ। थाइल्यान्डको बेमौसमी आँपखेती प्रविधि नेपालमा पनि भिœयाउन लागिएको हो। थाइल्यान्डका विज्ञहरू नेपालमा बेमौसमी आँप खेती गर्न सकिने भन्दै यसको प्रयोग गर्न खोजेका छन्।

थाइल्यान्डको बेमौसमी आँपखेती प्रविधि नेपालमा पनि भित्र्याउन लागिएको हो।

थाइल्यान्डको कासेटसार्ट विश्वविद्यालयबाट विज्ञसहितको टोली कृषि तथा वन विश्वविद्यालय रामपुरमा आएको छ। ‘नेपालमा प्रविधिको विकास नभएरै आँप उत्पादन बढाउन नसकिएको हो’, डा.प्राध्यापक राभी सेथपाकडीले भने, ‘बेमौसमी खेतीमा प्रचुर सम्भावना देखेका छौं।’ एउटै बोटबाट हरेक वर्ष उत्पादन लिने प्रविधि सिकाउनेछन्। छोटो दुरीमा होचा जातका बिरुवा लगाउन सकिने तरिका सिकाएका छन्। बेमौसमी खेतीका रूपमा विकास गरेर वर्षमा दुईपटक आँप उत्पादन लिन सकिने उनीहरूको भनाइ छ।

उनीहरूले थाइल्यान्डमा गरिएको प्रविधि भित्र्याउन लागेका हुन्। उनीहरूले विज्ञ, प्राध्यापक, विद्यार्थी र व्यावसायिक किसानलाई तालिम दिएका छन्। थाइल्यान्डमा आँप उत्पादन परिवर्तन गर्ने विज्ञ खटिएर तालिम दिइरहेका छन्। नयाँ प्रविधिको विकास गरेर बेमौसमी आँपखेती हुन सक्ने उनीहरूले बताए। आधुनिक प्रविधिबारे चासो नभएकाले आँपमा परनिर्भर हुन परेको आइफा परियोजनाका कन्ट्री म्यानेजर अमर थिङले बताए। ‘एकपछि अर्को कारणमा झेलिँदा व्यावसायिक उत्पादन हुन सकेन’, थिङले भने, ‘आधुनिक प्रविधिको विकास गरेर बेमौसमी आँपखेतीको सुरुवात गराउन सकिन्छ कि भन्ने उद्देश्य हो।’ यूएसआईडीबाट सञ्चालित आईफाले नेपालमा आँप खेतीमा प्रविधिको विकास गर्न थाइल्यान्डका विज्ञ ल्याउन संयोजन गरेको छ।

आँपखेतीबाट हरेक वर्ष फसल नदिने समस्याले नेपाली किसान हैरान छन्। व्यावसायिक खेती गरिए पनि त्यसमा प्रविधिको प्रयोग हुन सकेको छैन। आँपलाई खेतीका रूपमा लिएर एक वर्षमा दुई पटक उत्पादन गर्छन्। बेमौसमी खेती गरेर नेपालमा वर्षमा दुईपटक आँप उत्पादन गराउने काम थालिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.