आगलागीमा दुई घर जले, १० लाखको क्षति

आगलागीमा दुई घर जले, १० लाखको क्षति

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका-५ का नेगी गुरुङ र मोहन लिम्बूको ग्वाली घरमा बुधबार बिहान आगलागी भएको छ। आगलागीमा १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार नेगी गुरुङको घरमा बिहान ३ बजे गाईलाई खोले पकाउन बालेको आगोबाट घरमा अचानक आगलागी भएको थियो।

आगोले छिमेकी मोहन लिम्बूको घरमा पनि क्षति पुगेको। दुई तले टिनको छानो भएको गुरुङको ग्वाली घर र लिम्बूको फुसको छानो भएको ग्वाली घर जलेर ध्वस्त भएको प्रनि राईले बताए। उनका अनुसार आगलागीमा परेर दुईवटा घरसहित पराल, काठ, भाँडावर्तन, अन्नपातलगायतका सामान जलेर पूर्ण रुपमा नष्ट हुँदा १० लाख बराबरको क्षति भएको हो। आगो दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.