भरतपुरमा मेयर र उपमेयरबीच विवाद, मेयरले पेलेको कांग्रेसको आरोप

भरतपुरमा मेयर र उपमेयरबीच विवाद, मेयरले पेलेको कांग्रेसको आरोप

भरतपुर : भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहबीच मतभिन्नता देखिएको छ। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मेयर दाहालले पेलेको भन्दै विरोध जनाएका छन्। विकास योजनामा आफूहरूलाई बाइपास गरेर अघि बढेको उनीहरूको आरोप छ ।

उनीहरूले बैठक स्थगनको माग गरेका थिए। मेयर दाहालले त्यसको वास्ता नगरी बैठक बोलाएपछि उपमेयरसहित वडाध्यक्ष र नगरसदस्य बैठकबाट बाहिरिएका थिए। महानगरपालिकाको एजेन्डाका विषयमा विवाद हुने गरेको उनीहरूको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले उपमेयरलाई अपमान गरेको विषयलाई कांग्रेसले उठाएको छ। उक्त विषय सम्बोधन नगरी बैठक नबसाल्न उनीहरूले माग गरेका थिए। ‘गठबन्धनमा रहँदै गर्दा पनि एकलौटी गरिएको हो’, उपमेयर शाहले भनिन्, ‘मेयरसँग गुनासो त छँदै छ तर सम्बोधन कहिल्यै भएन। हामीले कैयौं पटक विकासमा सहमति खोजेका थियौं तर एकोहोरो पेल्ने काम भयो । ’

विभिन्न समिति गठनमा पनि हस्तक्षेप गरेको आरोप उनले लगाइन्। अनुगमन समितिको संयोजक उपमेयर रहने प्रावधान भए पनि मेयर अनुगमनमा जाने गरेकी छन्। काम गर्ने वातावरण नदिएर निरीह बनाएको उपमेयरले बताइन्। ‘टेबलमै मिलाऔं भन्दै गर्दा दुई वर्ष बित्यो’, उनले भनिन्, ‘असहमतिको कुरा राख्दा पनि बहुमतले पेल्ने काम भएको छ । ’

उनले आफ्ना असहमति मेयरसमक्ष राखेकी थिइन्। समाधानको आश्वासन दिए पनि सम्बोधन भएको छैन। यसअघिका २४ बैठकमा पनि असहमति देखिँदै आएको थियो। उनका अनुसार सुवेदीले मेयरबाहेक अन्य जनप्रतिनिधिलाई टेर्दैनन्। फागुन १ गते सुवेदी मेयरकै अगाडि उपमेयरसँग झर्किएका थिए। सुवेदीले आफू मेयरको मातहत मात्र भएको बताएपछि विवाद चुलिएको हो ।

बैठकका एजेन्डा ढिलो थाहा दिने गरेको गुनासो वडाध्यक्षले गरे। कांग्रेसको दलका नेता चित्रसेन अधिकारीले मेयर दाहाल एकलौटी रूपमा अघि बढेको आरोप लगाए। ‘हामीले सहयोग गरेकै कारण यो स्थानसम्म आएको हो’, उनले भने, ‘एकलौटी ढंगले निर्णय लाद्ने काम नरोकिएपछि असह्य भएको हो । ’

तत्कालीन माओवादी केन्द्रकी दाहाल कांगे्रससँगको गठबन्धनमा मेयरमा निर्वाचित भएकी थिइन्। उनले आफू बाहिर हुँदा कार्यवाहकको जिम्मेवारी दिएकी छैनन्। बहुमतका आधारमा निर्णय हुने गरेको छ। महानगरका योजनाको चर्चा धेरै भए पनि कार्यान्वयन कम भएको आलोचना हुने गरेको छ ।

मेयर दाहालले भने कर्मचारीका विषयमा विवाद गर्नु राम्रो नभएको बताइन्। आफू पेलेर अघि नबढेको उनको भनाइ छ। यसको आधार देखाउन उनले आग्रह गरिन्। ‘कर्मचारीको विषयलाई लिएर बैठक स्थगन गर्नु राम्रो होइन’, उनले भनिन्, ‘त्यसैले बैठक ग¥यौं। कुरा र कुलो जता लगे पनि जान्छ। कर्मचारीको सामान्य विषयलाई धेरै उचाल्नु बेकार हो । ’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.