इमानी ट्याक्सी चालक : जसले फर्काए साढे तीन लाखको सामान

इमानी ट्याक्सी चालक : जसले फर्काए साढे तीन लाखको सामान

काठमाडौं : एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३ लाख रुपैयाँ बराबरको सामान सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।

काठमाडौँ उपत्यकामा सञ्चालित बा.२ ज २२७९ नम्बरको ट्याक्सीका चालक सुनसरीको धरान घर भइ हाल भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल राईले उक्त मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाएका हुन् ।

काठमाडौंको थापागाउँ बस्ने गुल्मीको बाझकटेरी-३ घर भएकी २८ वर्षीया वसन्ता भुषालले करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल राईले चलाउने ट्याक्सीमा बुधबार बिहान छुटाएकी थिइन् ।

बुधबार बिहान अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थानसहित त्यो मूल्य बराबरको सामान उनले छुटाएकी थिइन् ।

सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालक राईले आफैँ महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएपछि प्रहरीले सम्बन्धित सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुषाललाई हस्तान्तरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.