‘ग्याङ फाइट’ मा खुकुरी हानाहान, एकजना गम्भीर

‘ग्याङ फाइट’ मा खुकुरी हानाहान, एकजना गम्भीर

विराटनगर : बूढीगंगा गाउँपालिका–१ मा युवाहरुबीचको ‘ग्याङ फाइट’ का क्रममा मंगलबार राति खुकुरी हानाहामन हुँदा एकजना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय २० वर्षीय जीवनकुमार यादव घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । 

उनका अनुसार पुरानो रिसिईवीका कारण युवाहरुबीचमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हो । बूढीगंगा–३ का १८ वर्षीय मौसम राई, सविन राउत,  सुजित हिङ्माङ, १७ वर्षीय सुवास नेपाली र पथरीशनिश्चरे नगरपालिकाका २० वर्षीय अभिषेक राई समेतको समूहले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मौसमसँग यादवको पुरानो रिसिईवी रहेको खुलेको छ । कस्तो खालको पुरानो रिसिईवी भन्ने बारेमा प्रहरीले खुलाएको छैन । 

त्यही रिसिईवीका विषयमा एक आपसमा विवाद बढ्दै जाँदा मौसम र यादव समूहबीच ‘ग्याङ फाइट’ भएको एसपी केसीले बताए । ‘ग्याङ फाइट’ हुने क्रममा अभिषेक राईले यादवमाथि खुकुरी प्रहार गरेको उनको भनाइ छ । यादवको समूहमा को को युवा थिए भन्नेमा बारेमा खोजी थालिएको प्रहरीले जनाएको छ । 

खुकुरी प्रहारबाट घाइते यादवको दुबै हात र देब्रे पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । आन्द्रामा चोट लागेका कारण यादवको शल्यक्रिया नै गर्नु परेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

नोबेल मेडिकल कलेजमा उपचाररत  यादवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनी बोल्न सक्दैनन् । झगडाका क्रममा मौसमको पनि आँखामा चोट लागेको छ । चोट हेर्दा धारिलो हतियारै प्रहार गरे जस्तो देखिने प्रहरीले जनाएको छ । 

युवाहरुबीचमा ‘ग्याङ फाइट’ सुरु हुन थालेपछि स्थानीयबीच भागदौड मच्चिएको थियो । ‘दुई युवा समूहबीचमा केही बेरदेखि बादविवाद भइरहेको थियो,’ एक स्थानीयले भने, ‘खुकुरी नै हानाहान हुन थालेपछि छुट्याउन नसकेर ज्यान बचाउन भए पनि भाग्नु पर्‍यो ।’ उनका अनुसार त्यहाँबाट भागेर गएर घटनाका बारेमा प्रहरीलाई खबर गरिएको हो । 

प्रहरीका अनुसार घटनामा संलग्न अभिषेक फरार रहेका कारण खोजी तीव्र पारिएको छ । मौसम, सविन, सुजित र सुवासलाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले घटनामा प्रयोग गरिएको खुकुरी भने बरामद हुन नसकेको जनाएको छ । घटनापछि खुकुरी फ्यालेर भाग्दै गरेको अवस्थामा युवाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.