वार्षिकोत्सवका लागि दुनाटपरी खुट्दै विद्यार्थी

वार्षिकोत्सवका लागि दुनाटपरी खुट्दै विद्यार्थी

गुल्मी : हराउँदै जान थालेका दुनाटपरीको प्रवद्र्धन गर्नका लागि सिद्धबाबा माध्यमिक विद्यालय तम्घासले योजना अघि सारेको छ। आउँदो वार्षिक उत्सवमा सालको पातबाट बनाइएका दुनाटपरीको प्रयोग गर्ने विद्यालयले जनाएको छ। विद्यार्थीले सालका पात संकलन गरी शिक्षक र अन्य कर्मचारीसँगै मिलेर विद्यालय परिसरमै दुनाटपरी खुट्दैछन्। 

वार्षिकोत्सवमा आउने पाहुनालाई दुनाटपरीमा राखेर प्रसाद दिइने विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए । स्थानीय स्रोत साधनलाई प्रयोग गर्नतर्फ धेरैको चासो नदेखिएकाले यस्तो योजना ल्याइएको उनले बताए।

यस अघिका वार्षिकोत्सवमा विद्यालयले बजारका रेडिमेट प्लाष्टिकजन्य सामग्री प्रयोग गर्ने गरेको थियो। विद्यार्थीबाट अभिभावकमा यससम्बन्धी सीप र ज्ञानको विषयमा जानकारी दिन सालका पातका दुनाटपरी खुट्ने पुरानो परम्परा विद्यालयले ब्युताएको हो।

प्लाष्टिकका सामग्रीले वातावरणमा असर गर्ने भएपछि दुनाटपरीको प्रयोगले यसलाई रोक्ने विद्यालयको दावी छ। पछिल्लो समय गाउँगाउँमा सालका पात प्रशस्त पाइने भएपनि दुनाटपरी बनाउनेतर्फ कसैको ध्यान पुग्न सकेको छैन्। गाउँ तथा नगरपालिकाले सालका पातका दुनाटपरी उद्योगलाई प्राथमिकता दिनुपर्ने विद्यालयले सुझाव दिएको छ।

स्थानीयको आय आर्जनसँग प्रत्यक्ष सरोकार राख्ने उक्त उद्योगले साना तथा घरेलु उद्यमीहरुको जीवनयापनलाई महत्वपूर्ण टेवा पुर्‍याउन सक्छ। थोरै लगानीमा पनि धेरै प्रतिफल लिन उक्त उद्योगको भूमिका हुनसक्छ। सिद्धबाबाजस्तै जिल्लाका सबै विद्यालयले दुनाटपरी उत्पादनलाई प्राथमिकता दिएमा लाखौँ रुपैयाँको प्लाष्टिकजन्य सामग्रीको आयात रोक्न सकिने संभावना रहेको सरोकारवाला निकाय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.