सिकारु चालक ! बहिनीसहित चारको ज्यान गयो

सिकारु चालक ! बहिनीसहित चारको ज्यान गयो

बागलुङ : जिल्लाको जैमिनी नगरपालिका ८ छिस्तीमा मंगलबार भएको दुर्घटनामा तीन छात्रा र एक लेखापालको मृत्यु भएको छ। दुर्घटनाग्रस्त गाडी विद्यालय व्यवस्थापन समिति अध्यक्ष नुरबहादुर पुनको थियो। 

दुर्घटनाका बेला जसका चालक उनकै स्थानीय जनकल्याण मावि कक्षा ९ मा अध्ययनरत प्रवीण पुन थिए। उमेरले १५ वर्ष पूरा गर्दै गरेका विद्यालयको वार्षिकोत्सव मनाएर फर्किने क्रममा विद्यार्थी र अभिभावक सवार ध १ ज ७९१ नम्बरको पिकअप जीप विद्यालयबाट हिँडेको तीन मिनेटमै छिस्तीको रापुङ टुनीबोटमा दुर्घटना भयो। 
‘विद्यालयको कार्यक्रम सकिदाँ साँझ पर्न थालेको थियो, बागलुङ—छिस्ती पनि गाडी चलाउँदै आएको र राम्रै गाडी चलाउने भएका कारण ड्राइभर नआएका कारण मेरै छोराले गाडी चलाएको थियो’, गाडीधनी नुरबहादुरले भने, ‘गाडीमा विद्यार्थी र अभिभावकको संख्या निकै धेरै थियो। हल्का पानी परेका कारण सडक केही हिलो पनि भएकाले धेरैलाई नचढ्न पनि आग्रह गरेको हो, तर त्यो बेला कसैले मानेनन्।’ 

प्रवीण मंगलबार पनि बिहान जीप चलाएर बागलुङ बजारमै पुगेर फेरि छिस्ती फर्किएको पुनले बताए। ‘बिहान पनि बागलुङ मान्छे पु¥याएर फर्केको हो,’ उनले भने, ‘राम्रै चलाउने भएका कारण मैले पनि नचलाऊ भनेर भनिन, आखिरमा मैले अहिलेको दुर्घटनामा आफ्नै छोरी गुमाउन पुगेँ।’ 

दुर्घटनामा ज्यान गुमाउनेमा विव्यस अध्यक्ष रहेका पुनकी छोरी जनकल्याण माविमा कक्षा ७ मा अध्ययन ज्योति पुन पनि परिन्। मृत्यु हुनेमा उक्त विद्यालयमै कक्षा ९ मा अध्ययन गर्ने एलिना पुन, कक्षा १२ मा अध्ययन गर्ने प्रियङ्का पुन र विद्यालयकै सहायक लेखापाल तुलसी पुन टीका छन्। 

सवारी चालक प्रवीण आफ्नै विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी भएको जनकल्याण माविका प्रधानाध्यापक शंकर पौडेलले पुष्टि गरे। ‘गाडी चलाएको कसले हो भन्ने थाहा भएन, प्रवीण पुन हाम्रै विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी हो’, उनले भने, ‘तीनजना विद्यार्थी र हाम्रो विद्यालयको सहायक लेखापाललाई समेत हामीले दुर्घटनामा गुमाएका छौं। सिंगो गाउँ  र विद्यालय सबै शोकमग्न छ, अहिले म केही भन्न सक्ने अवस्थामा छैन।’  दुर्घटनापछि विद्यालयले दुई दिनका लागि शोकमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

दुर्घटनामा परी अरु १० जना घाइते भएका छन्। १० जनामध्ये अवस्था गम्भीर भएका ७ जनालाई पोखरा रिफर गरिएको छ। मंगलबार राति धना श्रीस, सम्झना पुन, संगम श्रीस र कृष्ण पुनलाई पोखरा रिफर गरिएकोमा धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार गराइरहेका निर्मल पुन, कृष्णा पुन र पूजा पुनलाई पनि बुधबार पोखरा रेफर गरिएको छ। विशाल परियार, नन्दकला श्रीस, सविना थापा उपचारपछि घर फर्किएका छन्। 

सिकारु चालक र ओभर लोड भएका कारण दुर्घटना भएको देखिएका जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी नायव उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए। 

‘गाडी लाइसेन्सबिना १५-१६ वर्ष उमेरका विद्यार्थीले चलाएको बुझिएको छ, यो सत्य हो भने गम्भीर लापरबाही र खेलवाड हो’, डिएसपी कोइरालाले भने, ‘यो दुर्घटनाले चालक परिपक्व र जिम्मेवार हुनुपर्छ सन्देश त दिएको छ नै, यात्रुहरुले पनि कतिसम्म गाडीमा चढ्ने भन्ने ख्याल गर्नुपर्छ। 

सवारीधनीले पनि सवारी चलाउने कुरामा केही भाडा बढी आउँछ कि भनेर सोच्नुभन्दा सम्भावित दुर्घटनाको जोखिमबाट पूर्व सजगता अपनाउन जरुरी देखाएको छ।’ गाउँघरमा चल्ने पिकअप जीपले ट्राफिक प्रहरीको आँखा छलेर जथाभावी बढी संख्यामा यात्रु बोक्दा पनि पिकअप जिप दुर्घटना बढेको उनको भनाइ छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.